पहिलो खेलमै नेपाल पराजित, कतारको ४ विकेटले विजयी

काठमाडौं, साउन ७ । सिंगापुरमा जारी आइसीसी टी–२० विश्वकप एसिया फाइनल छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा कतारविरुद्ध नेपाल ४ विकेटले पराजित भएको छ । १२३ रनको सामान्य लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको कतारले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । उसका लागि इनामउल हकले ४१, कमरन खानले २२, जाहिर इब्राहिमले १२, तमूर सज्जाद, मोहम्मद रिजलनले ९–९ र नुवान सरवारले नट आउट १५ रन बनाए ।

याे पनि पढ्नुस  नेपाललाई चौथो झड्का, सोमपाल रन आउट (LIVE)

बलिङमा सन्दीप लामिछानेले ३ र करण केसीले एक विकेट लिए । यसअघि सिंगापुरको इन्डियन एशोसिएट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२२ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३४, कप्तान पारस खड्काले २८, ज्ञानेन्द्र मल्लले २३, सोमपाल कामीले ११, सन्दीप लामिछानेले ९, शरद भेषावकरले ७, करण केसीले ४ रन बनाए ।

याे पनि पढ्नुस  नेपाललाई अर्को सफलता, सन्दीपको खातामा तेस्रो विकेट (LIVE )

बलिङमा कतारका इकबाल हुसैनले ३, तमूर सज्जाद, लनउमान सनवारले २–२ र इनाम उल हकले एक विकेट लिए । छनोट प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, कुवेत, मलेसिया र कतार गरी पाँच राष्ट्रको सहभागिता रहेको छ । नेपालले साउन ८ गते मलेसियासँग दोस्रो, साउन ११ गते कुवेतसँग तेस्रो र साउन १२ गते आयोजक सिंगापुरसँग चौथो खेल खेल्ने छ।

याे पनि पढ्नुस  कतारलाई तेस्रो झड्का, सन्दीपलाई दोस्रो सफलता (LIVE)

उक्त प्रतियोगिताको शीर्ष स्थानमा आउने एउटा टोलीले टीट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने अवसर पाउनेछ । विश्वस्तरीय छनोट प्रतियोगिता आगामी अक्टोबरमा संयुक्त अरब इमिरेट्समा आयोजना हुनेछ । १४ टोलीको सहभागिता रहने विश्वस्तरीय छनोट प्रतियोगिताको शीर्ष स्थानमा आउने ६ टोलीले भने सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टि–२० विश्वकप खेल्ने अवसर पाउने छन् ।

कमेन्ट गर्नुहोस्