प्रचण्डद्वारा पुष्पलालको शालिकमा माल्यार्पण (फोटो फिचर)

काठमाडौं, साउन ७ । नेपाल कम्युनिष्ट पाटी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कीर्तिपुरस्थित चम्पादेवीमा रहेको नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको प्रतीमामा माल्यार्पण गरेका छन् ।

४१ औं पुष्पलाल स्मृति दिवसका अवसरमा प्रचण्डले चम्पादेवी पुगी पुष्पलालको शालिकमा माल्यार्पण गरेका हुन्। सो अवसरमा नेकपा बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल , महासचिव बिष्णु पौडेल, बामदेव गौतम लगाएतका नेताहरुको उपस्थीति रहेको थियो ।

फोटोमा हेर्नुहोस्

कमेन्ट गर्नुहोस्