दुखमा डुब्यो गुल्मी, ३ घर बगे, ६ को मृत्यु, अरुको अवस्था अज्ञात

गुल्मी, लगातारको वर्षाका कारण गुल्मीमा पहिरोले ठूलो मानवीय क्षति पुर्याएको छ ।

जिल्लाका बिभिन्न स्थानमा पहिरोका कारण ६ जनाको मृत्यु भएको छ ।

प्राप्त जानकारी अनुसार, गुल्मीको सत्यवती गाउँपालिका लिम्घाको भिरकुनामा तीन वटा घर बाढीले बगाउँदा चार जनाको मृत्यु भएको छ । पहिरोमा परेका ती परिवारका अन्य सदस्यहरु वेपत्ता रहेका छने ।

यसैगरी सोही गाउँपालिकाको ठूलोलुम्पेकको कसिनथला भन्ने ठाउँमा पहिरोले घर भत्किँदा ३१ वर्षीया तिलकुमारी तरामु र ७ वर्षका दर्शन तरामुको ज्यान गएको छ । घाइते २ जनाको उद्धार गरी अहिले स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेको नेतृत्वमा ११ जनाको टोली तम्घासबाट घटनास्थलतर्फ गए पनि पानी परिरहेको र पहिरोले बीचबीचमा सडक बन्द भएकाले घटनास्थलमा पुग्न समस्या भएको छ ।

वर्षाका कारण गुल्मीको रिडी–रुद्रबेण–वामीटक्सार सडकखण्ड समेत सोमबार रातिदेखि नै बन्द भएको छ । यो सडकखण्ड अन्तर्गत लुम्दी खोला, बादरे भीर, डहरे खोलामा बाढी र पहिरो गएर बन्द भएको सडक खुलाइएको तर केही ठाउँमा भने सडक बन्द रहेको छ ।

 

तस्वीरः सांकेतिक मात्रै

कमेन्ट गर्नुहोस्