Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ग्लोबल नेपाली फिल्म अवार्ड तथा नेपाल फिल्म सोसाइटीद्वारा मृतक परिवारलाई आर्थिक सहयोग प्रदान

काठमाडौं, साउन ७ । ग्लोबल नेपाली फिल्म अवार्ड तथा नेपाल फिल्म सोसाइटीले संयुक्तरुपमा काठमाडौँको मुलपानीमा बाढी तथा पहिरोबाट एकै परिवारका ३ जना मृत्यु भएका पीडित परिवारलाई रु.३०,०००.०० (तीस हजार रुपैयाँ) आर्थिक सहयोग गरेको छ ।

बारा जिल्ला देवताल गाउपलिका वडा नं.५ घर भई मुलपानीमा बसोबास गरी ज्यामी काम गर्दै आएका विपन्न वर्गका ३ जना शर्मिला देवी यादव, नितुदेवी यादव र कुन्दन यादवको पहिरोले पुरिएर मृत्यु भएको थियो । आर्थिक अवस्था एकदमै कमजोर भएका परिवारलाई केही राहत महसुस होस् भन्ने उद्देश्यले कागेश्वरी मनहरा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष प्रकाश फुयाल र मृतकका आफन्त बिपिन यादवको उपस्थितिमा वडाधक्ष्य मार्फत पीडित परिवारलाइ आर्थिक राहतस्वरुप उक्त आर्थिक सहयोग गरिएको कुरा नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले जानकारी गराए ।

ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठ तथा अमेरिका निवासी कलाकार तथा ग्लोबल नेपाली फिल्म अवार्डका सदस्य राजु बजाजको पहलमा अमेरीका निवासी कलाकारहरु मार्फत उक्त रकम आएको र नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल, नेपाल फिल्म सोसाइटीका मदुकुमार श्रेष्ठ, एस.के. श्रेष्ठ, नारायण प्रधान, पुरन जोशी, शंकरलाल श्रेष्ठ प्रेस संयोजक सुर्य चन्दको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको थियो ।

स्मरण रहोस्, उक्त संस्थाहरु मार्फत यसअघि कलाकार तथा पीडित जयनेन्द्र चन्द ठाकुरलाइ रु.२०,००० आर्थिक सहयोग गरिएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: