बेनिशालाई चेली स्टुडियोमा तर्सायो भूतले

काठमाडौं, साउन ७ । अभिनेत्री बेनिशा हमाललाई शनिबार काठमाडौंको कालिमाटीस्थित ‘चेली मेकअप स्टुडियो’मा दिउँसै भूतले तर्सायो।

स्टुडियोका वार्षिकोत्सवमा विशिष्ट अतिथि बनेर पुगेकी बेनिशालाई स्वागत गर्ने क्रममा भूतको रुपमा आएका कलाकारले तर्साएका हुन् ।

कलाकार तथा पत्रकार सरिता भारती नाच्दै जब भूत बनेर बेनिशाको अगाडि एक्कासी आईन् । बेनिशा चिच्याएर कार्यक्रम आयोजक एवम् मेकअप आर्टिस्ट बिना थापामगरसँग अँकमाल गर्न पुगिन् । ‘मैले सोचेकी थिइन् यसरी भूत नाच्न आउँछ भनेर । घरको प्रोमोसनका लागि यस्तो गरिदिएकोमा आभारी छु ।’

बेनिशाले कार्यक्रम पश्चात भनिन् । हरर जनरामा निर्माण भएको उनको चलचित्र घर हेरेर धेरै दर्शक हलमा तर्सिरहेको बेला बेनिशालाई कार्यक्रममा स्वागतको क्रममा भूत बनेर कलाकारहरुले तर्साएका रहेछन् ।

कमेन्ट गर्नुहोस्