टि–२० सिरिजः लामो समयपछि नारायण र पोलार्डलाई मौका

काठमाडौं, साउन ७ । भारत विरुद्धको टि–२० सिरिजका लागि वेस्ट इन्डिजका अनुभवी अलराउन्डर सुनिल नारायणले तीन वर्षपछि टिममा मौका पाएका छन् । आज वेस्ट इन्डिज क्रिकेट बोर्डले घोषणा गरेको टिममा नारायणले ३ वर्षपछि टिममा मौका पाएका हुन् ।

उनले अन्तिम टि–२० खेल २०१६ मा इंग्ल्याण्डविरुद्ध खेलेका थिए । यस्तै किरण पोलार्डले पनि लामो समयपछि टिममा स्थान बनाएका छन् । उनले अन्तिम टि–२० खेल २०१८ मा भारतविरुद्ध खेलेका थिए ।

कार्लोस ब्राथवेटको कप्तानीमा घोषणा गरिएको टिममा क्रिस गेल भने अटाएका छैनन् । उनी क्यानडाको ग्लोबल टि–२० लिगमा व्यस्त भएकाले टिममा उपलब्ध नभएको हुनसक्ने बताइएको छ । भारतले भने २१ जूलाई नै तिनै फम्र्याटका लागि टिम घोषणा गरिसकेको छ । भारत र वेस्ट इन्डिजविरुद्धको टि–२० सिरिज ३ अगस्टदेखि सुरु हुँदैछ ।

कमेन्ट गर्नुहोस्