बिरामीलाई फलफूल वितरण गरी स्मृति दिवस मनाईयो

बारा, साउन ७ । बाराको कलैया अस्पतालमा भर्ना रहेका बिरामीहरुलाई फलफूल विबितरण गरी जननायक विपी कोइरालाको ३७औं स्मृति दिवस मनाईएको छ ।

नेपाल विद्यार्थी संघका निवर्तमान सह महामन्त्री राजेश रौनियारको नेतृत्वमा सम्पन्न भएको सो कार्याक्रममा स्व. वीपी कोइरालाले देखाएको मार्ग र देश, जनताका लागि दिएको योग्दान वर्तमान समयमा पनि उतिकै महत्व बोकेको प्रमुख अतिथी पूर्व जिविस सभापति राजेन्द्र यादवले बताएका छन् ।

त्यस्तै, नेपाल विधार्थी संघ बाराका अध्यक्ष राकेश पाण्डेय, नेका बाराका जिल्ला सदस्य प्रमोद यादव विपी अध्ययन प्रतिष्ठान बाराका कार्यवाहक अध्यक्ष राहुल गुप्ताको उपस्थिति रहेका थिए । विपी अध्ययन प्रतिष्ठान बाराले कलैया अस्पतालमा भर्ना रहेका ४० बिरामीलाई फलफूल वितरण गरेका छन्

कमेन्ट गर्नुहोस्