४ महिने शिशुलाई अस्पतालको चौथो तलाबाट बाहिर फालिन् यी निर्दयी आमाले

नयाँ दिल्ली, भारतको नयाँ दिल्लीमा एउटा सनसनीपूर्ण घटना घटेको छ । एकजना आमाले आफ्नै नवजात शिशुलाई अस्पतालको चौथो तलबाट बाहिर फालेकी छिन् ।

मुटु नै कम्पन गराउने यो घटनालाई कतिपयले आमाको विवशता मानेका छन् भने कतिपयले निर्दयी आमा भन्दै गाली गरेका छन् ।

याे पनि पढ्नुस  कञ्चनपुरमा आइतबार बढी अपराध !

जागरण दैनिकका अनुसार, कस्या कुशीनगर निवासी राजन सिंहकी श्रीमती शान्तिले गत २३ अप्रैलका दिन बीआरडी मेडिकल कलेजमा बच्चा जन्माएकी थिइन । जन्मदेखि नै कलेजोमा खराबी देखिएपछि गत २६ मईमा बच्चालाई ट्रमा सेन्टर लगेर गएका थिए ।

मंगलबार बिहान श्रीमान र देवर ट्रमा सेन्टरको बाहिर सुतिरहेको बेला ती महिलाले आफ्नो चार महिनाको बच्चालाई तल फ्याँकेकी थिइन । त्यसपछि झूठो कथा बुनेर उनले बच्चा हराएको भन्दै रुन कराउन शुरु गरेकी थिइन । यसैबीच बच्चाको शब पाइएपछि प्रहरीलाई खबर गरियो ।

याे पनि पढ्नुस  मिडियाले धनीका अपराध दबाउँछन्, गरीबका अपराध उचाल्छन्ः कार्ल मार्क्स

प्रहरीले ट्रमा सेन्टरका सिसि टिभी खोलेर हेर्दा आमाको डरलाग्दो रुप देखिएको हो । प्रहरीले आमालाई गिरफ्तार गरेको छ । उनले के कति कारणले बच्चा फालेकी हुन त्यो कुरा खुलेको छैन । प्रहरीले अनुन्धान शुरु गरेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्