ईमरान खानका कडा कुरा: भारतले परमाणु हतियार त्यागाेस्, पाकिस्तान तयार छ

काठमाडौँ, साउन ७ । अमेरिका भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो देशले परमाणु हतियार परित्याग गर्न तयार रहेको बताएका छन् । तर उनले त्यसका निम्ति भारतले उक्त कदम चालेको हुनुपर्ने शर्त राखेका छन् ।

फक्स न्युजका पत्रकार ब्रेट बेयरलाई दिएको एउटा अन्तर्वार्तामा खानले परमाणु युद्ध कुनै विकल्प नभएको भन्दै भारत र पाकिस्तानबीच रहेको करिब अढाई हजार माइल लामो सीमा रहेको पृष्ठभूमिमा यस्तो परिस्थितिमा पुग्नु भनेको आफैंलाई ध्वस्त पार्नु हुने बताए ।

याे पनि पढ्नुस  सिरिया: अमेरिका, ब्रिटेन र फ्रान्सद्वारा हमला सुरु

खानले अमेरिका विश्वकै सर्वाधिक शक्तिशाली देश भएकाले उसले मात्र कस्मीर मामिलामा भारत र पाकिस्तानबीच मध्यस्थता गर्न सक्ने बताए ।

उनले भारत र पाकिस्तानबीच प्रमुख विवादको रूपमा रहेको कश्मीर मुद्दाकै कारण दुई देश ७० वर्षदेखि छिमेकीको रूपमा बस्न नसकेको बताए ।

याे पनि पढ्नुस  पाकिस्तानका प्रधानमन्त्री चीन भ्रमणमा जाँदै

सोमवार मात्रै प्रधानमन्त्री खानसँगको संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले आफूले कश्मिर मामिलामा मध्यस्थकर्ताको भूमिका खेल्नसक्ने बयान दिएपछि यस विषयमा भारतको प्रतिक्रिया आइसकेको छ ।

भारतले कस्मीर समस्यामा तेस्रो पक्षको आवश्यकता नरहेको प्रतिक्रिया दिएको छ ।

यस विषयमा बोल्दै प्रधानमन्त्री खानले भनेका छन्, “पहिले भारतवार्ताका लागि तयार त् होस् ।”

याे पनि पढ्नुस  पाकिस्तान सरकारको कडा निर्णयः अभियुक्त र मुद्दा चलिरहेका नेताको समाचार र अन्तर्वार्तामा प्रतिबन्ध

लामो समयदेखि दक्षिण एसियामा अमेरिकाको प्रमुख रणनैतिक साझेदार रहेको पाकिस्तानसँग अमेरिकाको सम्बन्ध ट्रम्प सत्तामा आएपछि बदलिएको थियो ।

गतवर्ष मात्रै ट्रम्पले अमेरिकाले पाकिस्तानलाई उपलब्ध गराउंदै आएको नियमित सैन्य तथा आर्थिक सहयोग बन्द गरिदिएको थियो ।

इमरानले आतंकवादबाट सबैभन्दा बढी पीडित देश पाकिस्तान भएको बताएका थिए ।

कमेन्ट गर्नुहोस्