विश्वकप छनोटः मलेसियाविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

काठमाडौं, साउन ७ । सिंगापुरमा जारी आइसीसी टी–२० विश्वकप एसिया फाइनल छनोट अन्तर्गत मंगलबार नेपालले मेलेसियाविरुद्ध खेल्दैछ । नेपाल–मलेसियाबीचको खेल नेपाली समयअनुसार बिहान ७ः१५ बजेदेखि सुरु हुनेछ । पहिलो खेलमा कतारसँग ४ विकेटले पराजित भएको नेपाललाई मलेसिया विरुद्धको खेल जित्नैपर्ने दबाब छ ।

यदि मलेसियासँग पनि नेपाल हारेमा विश्वकप छनोट हुने सम्भावना समाप्त हुनेछ । प्रतियोगिता सुरु हुनुअघि टि–२० सिरिज जितेकोले मलेसियाविरुद्ध नेपाली टिम आत्मविश्वासी छ । तर, पहिलो खेलमा कुवेतलाई ४२ रनले हराएकाले मलेसियाको टिम बलियो देखिन्छ । आईसीसी वरियतामा नेपाल ११ औं र मलेसिया ३५ औं स्थानमा छ ।

याे पनि पढ्नुस  विश्वकप छनोटः चाइनिज ताइपेईविरुद्ध नेपाल १–० ले अगाडि

नेपालको सम्भावित प्लेइङ–११ः पारस खड्का (कप्तान), विनोद भण्डारी (विकेटकीपर), ज्ञानेन्द्र मल्ल, पवन सरार्फ, प्रदीप ऐरी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, अभिनाश बोहरा र करण केसी ।

यो प्रतियोगितामा शीर्षमा पुग्ने टिम विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ । ग्लोबल छनोट ११ अक्टोबरदेखि ३ नोभेम्बरसम्म यूएईमा हुँदैछ । यूएई भने आयोजकको रुपमा स्वतः ग्लोबल छनोटमा प्रवेश गरिसकेको छ ।

याे पनि पढ्नुस  विश्वकप छनोट खेल्ने नेपाली टोलीको बिदाई

क्षेत्रिय छनोटबाट आएका अफ्रिका, अमेरिका, एसिया, युरोप र पूर्वी एसिया प्यासिफिकका राष्ट्रसंगै गत संस्करणको टि–२० विश्वकप खेलेका राष्ट्र हङकङ, आयरल्याण्ड, नेदरल्याण्ड, ओमान, स्कटल्याण्ड, आयोजक युएई र जिम्बाबे गरि १४ राष्ट्रको सहभागिता हुने छन् । विश्वकप छनोटमा शीर्ष ६ स्थान सम्मका राष्ट्रले आगामी बर्ष अस्ट्रेलियामा हुने आईसीसी टि–२० विश्वकपमा सहभागिता जनाउने मौका पाउने छन् ।

याे पनि पढ्नुस  विश्वकप छनोटमा नेपालको लज्जास्पद हार, कुवेत ७-० ले विजयी

कमेन्ट गर्नुहोस्