मेयर रेनु दाहालकाे कठाेर निर्णय: काम नगर्ने आधा दर्जन ठेकेदार कालाेसूचिमा पर्ने

भरतपुर, साउन ७ । भरतपुर महानगरपालिका मेयर रेनु दाहालले सम्झौता बमोजिम काम नगर्ने ठेकेदारमाथि कठा कार्वाही गर्ने निर्णय गरेकी छिन् । नगरकार्यपालिकाको आज बसेको ३१ औं बैठकले ठेक्का सम्झौता तथा सर्तअनुसार काम नगर्ने ठेकेदार र निर्माण कम्पनीलाई कालो सूचिमा राख्ने निर्णय गरेको हाे ।

यो निर्णय कार्यान्वयनसँगै आधा दर्जन बढी कम्पनीमाथि कार्वाही हुने देखिन्छ । गत आर्थिक बर्षमा तोकिएको समयसीमा र सर्तअनुसार काम नगरेका यस्ता ठेकेदार र निर्माण कम्पनीको सूचि तयार गरी कारवाही अघि बढ्ने छ ।

याे पनि पढ्नुस  भरतपुर महानगरपालिका नगरसभाको तयारी गर्दै

महानगर प्रमुख रेनु दाहालले कतिपय ठेकेदार र निर्माण ब्यवसायीको लापरवाहीका कारण काममा समस्या आएकोले याे कदम चाल्नु परेकाे बताइन् । ‘तोकिएको समय कटाउने र कम गुणस्तरको काम गर्ने छुट कसैलाई छैन्, त्यस्तालाई कालो सुचीमा राख्नुको बिकल्प छैन’ प्रमुख दाहालकाे भनाई छ ।

याे पनि पढ्नुस  शैक्षिक विकासका लागि भरपुरद्वारा योजना तयार, गुणस्तरमा परिवर्तन ल्याउने मेयर दाहालको दाबी

महानगरपालिकाको वोर्ड बैठकले नारायणगढमा निर्माण गर्न लागिएको वहुउदेश्यीय ब्यवसायीक भवनका लागी नगर बिकास कोष संग ऋण सहयोग माग गर्ने निर्णय गरेको छ । करिव एक अर्व १० करोडको लगानीमा महानगरले भवन निर्माण गर्न लागेको छ ।

यस भवनका लागी ३० प्रतिशत लगानी रकम भने महानगर आफैले बेहोर्ने निर्णय भएको प्रमुख दाहालले जानकारी दिइन् । बैठकले आर्थिक बर्ष २०७६–०७७ को नीति कार्यक्रम पुस्तिका प्रकाशन गर्ने निर्णय गरेको छ ।

याे पनि पढ्नुस  चितवनकाे अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला शिलान्यास माघमा

साथै नगरसभाको क्रममा बाँडफाड गरिएको बिषयगत समितिमा आज जिम्मेवारी पनि बिभाजन गरिएको छ । नेकपालाई ६ र नेपाली काँग्रेसलाई ४ वटा हुने गरी समिति बाँडफाँड भएको थियो ।

कमेन्ट गर्नुहोस्