ओली र माेदीले संयुक्तरूपमा पेट्रोलियम पाइपलाइनकाे उद्घाटन गर्ने

सिमरा, गत साता परीक्षण सम्पन्न भएकाे नेपाल–भारत पेट्रोलियम पाइपलाइनको अाैपचारिक उदघाटन दुबै देशका प्रधानमन्त्रीले गर्नेे भएका छन् ।

निरक्षणका क्रममा बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको क्षेत्रीय डिपो पुगेका उख्ध्याे तथा वाणिज्य मन्त्री मातृका यादवले उक्त कुरा खुलासा गरेका हुन ।

अाज मन्त्रि यादव र भारतीय राजदुत मन्जिब पुरिले पाइपलाइनको स्थलगत निरीक्षण गरेको हो। टोलीमा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलसहित मन्त्रालयका कर्मचारी सहभागी थिए।

याे पनि पढ्नुस  पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकियो

निरीक्षणपछि मन्त्री यादवले दुबै देशको प्राथमिकतामा रहेको आयोजना सम्पन्न भएसँगै यसको औपचारिक उद्घाटनको तयारी भइरहेको बताए। मन्त्री यादवले यसको उद्घाटन नेपालका प्रधानमन्त्री केपी ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले उद्घाटन गर्ने जानकारी दिए। ‘अब यसको उद्घाटनको तयारीमा हामी जुटेका छौँ, त्यसैको सिलसिलामा यहाँ आएका हौँ’, मन्त्री यादवले भने, ‘दुबै देशको प्रधानमन्त्रीले उद्घाटन गर्नुहुनेछ। त्यसबारे छिट्टै निर्णय हुन्छ

याे पनि पढ्नुस  पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकियो

मोतिहारी–अमलेखगञ्ज पाइपलाइन बिस्तार सम्पन्न भएसँगै गत शुक्रवार यसको परीक्षण गरिएको थियो। परीक्षण सफल भएपछि तयारी निरीक्षणका लागि नेपालका मन्त्री र भारत सरकारको प्रतिनिधित्व गर्दै राजदूत पुरी अमलेखगञ्ज आएका हुन्। दुबै जनाले पाइपलाइनको विषयमा डिपो प्रमुख प्रदीप यादवसहित नेपाल र भारतका प्राविधिकसँग छलफल गरेका थिए।

याे पनि पढ्नुस  पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकियो

निरीक्षणमा आएका भारतीय राजदूत पुरीले पाइपलाइन आयोजनाले दुबै देशको सम्बन्धलाई सुमधुर बनाउनुका साथै यसले दुबै देशलाई फाइदा पुग्ने बताए। ढुवानीका क्रममा हुने समस्या अब नहुने भन्दै रातदूत पुरीले नेपालको समृद्धिमा पनि आयोजनाले ठूलो सघाउ पुग्ने बताए। नेपालको समृद्धिसँगै आयोजनाले दुई देशबीचको सम्बन्ध अझ मजबुद बनाउन भूमिका खेल्नेछ’, पुरीले भने।

कमेन्ट गर्नुहोस्