बेरिस जाेन्सन बेलायतका नयाँ प्रधानमन्त्री

लन्डन- बेलायतको नयाँ प्रधानमन्त्रीमा बोरिस जोन्सन नियुक्त हुने निश्चित भएको छ।

मंगलबार घोषणा गरिएको संसदीय दलको निर्वाचनको नजिता अनुसार जोन्सन्ले खसेको ८७.४ प्रतिशत मत मध्ये ९२ हजार १५३ मत प्राप्त गरे। यस्तै हन्टले ४६ हजार ६५६  मत प्राप्त गरे।

दुई महिनाअघि वर्तमान प्रधानमन्त्री टेरेजा मेले कञ्जरभेटिभ पार्टीको दलको नेताबाट राजीनामा दिएपछि रिक्त सो पदमा जोन्सन निर्वाचित भएका छन्। यससँगै उनलाई बेलायतको प्रधानमन्त्री हुने बाटो खुलेको हो।

जोन्सन झण्डै एक महिना लामो चुनावी प्रक्रियापछि भारी मत प्राप्त गर्दै सत्तारुढ कञ्जरभेटिभ पार्टीको नेतामा चुनिएका हुन्।  पूर्व विदेशमन्त्री रहेका जोन्सनलाई वर्तमान विदेशमन्त्री जेरेमी हन्टले चुनौती दिएका थिए।

जोन्सन सन्ले २००८ देखि २०१६ सम्म लन्डनको मेयरको जिम्मेवारीसमेत समालेका थिए। जोन्सनले बेलायती परम्परा अनुसार बुधबार बेलायती महारानी समक्ष संसदमा आफ्नो बहुमत रहेको दावी प्रस्तुत गरेलगत्तै औपाचारिक रुपमा बेलायतको प्रधानमन्त्रीमा नियुक्त हुने छन्।

देशभरीबाट दलका सदस्यहरूले गएको साढे दुई सातामा पत्रमार्फत् मतदान गरेका हुन्।

यो कन्जर्भेटिभ दलको इतिहासमा सदस्यहरूले प्रधानमन्त्री छान्न पाएको पहिलो अवसर हो।

गत महिना अन्तिम दुई नेताको नेतृत्वको प्रतिस्पर्धा सीमित भएदेखि नै सन् २०१६ मा ब्रिटेनले युरोपेली सङ्घ छोड्नुपर्ने भन्दै प्रचारप्रसारमा लागेको जनसन नेतृत्वका लागि अगाडि रहेका थिए।

पूर्वमन्त्री डोमिनिक राबले स्काई न्यूज टिभीलाई पहिलो चरणको मतदानमा ५० प्रतिशत सांसदको मन जितेका जनसन दललाई एकताबद्ध गर्न उपयुक्त स्थानमा रहेको बताएका थिए।

अर्का मन्त्री जेम्स ब्रोकेनसायरले च्यानल फोरलाई जनसन युरोपसँग सबैभन्दा राम्रो प्रस्ताव प्राप्त गर्न र त्यो प्रस्तावलाई संसद्‍बाट पारित गर्न उपयुक्त व्यक्ति भएको बताएका थिए।

ब्रिटेनको सांसदले मेको प्रस्तावलाई तीनपटक अस्वीकार गरेको थियो।

विदेशमन्त्री हन्टले आफू युरोपबाट बाहिरिने राम्रो प्रस्ताव प्राप्त गर्न उपयुक्त स्थानमा रहेको र युरोपले दिएको समयसीमा थप गर्न सक्ने बताएका थिए।

जनसनले भने अक्टोबर ३१ भित्रै ब्रिटेनलाई युरोपेली सङ्घबाट बाहिर ल्याउन आफू कटिबद्ध भएको बताएका छन्।

चान्सलर फिलिप ह्यामण्ड, न्यायमन्त्री डेभिड गोक र अन्तर्राष्ट्रिय विकासमन्त्री रोरी स्टेवार्टले जनसन विजयी भएमा राजीनामा गर्ने बताएका थिए।

कमेन्ट गर्नुहोस्