कालिमाटी र बल्खुपछि शान्तिनगर तरकारी बजारकाे अनुगमन, ७ वटा पसललाई कार्वाही

काठमाडौँ — उपत्यकामा तरकारीको मूल्य अस्वाभाविक रुपमा बढेपछि सरकारले तरकारी बजारको अनुगमनलाई तीव्र पारेको छ । केही दिनअघि कालीमाटी र बल्खुस्थित तरकारी बजारको अनुगमन गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार बानेश्वरको शान्तिनगरस्थित तरकारी बजारको अनुगमन गरेको छ । अनुगमनका क्रममा ७ वटा पसलले तरकारीको मूल्यवृद्धि गर्न सहयोग गरेको भेटिएपछि अनुगमन टोलीले कारवाही गरेको छ ।

याे पनि पढ्नुस  नेपाली सेनाः भारत र चीनसँग जोडिएको सीमाको सर्भे र अनुगमन गर्ने

किसान, ढुवानीकर्ता वा कृषिउपज सङ्कलन केन्द्रबाट खरिद गरिएको तरकारीको बिल, भरपाइ वा किसानलाई तिरेको रकम पुष्टी हुने कागजात नदेखाएका कारण ती पसललाई जरिवाना गरिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए । छ वटा पसलले प्रत्येकलाई रु ५ हजार र अर्को एउटा पसललाई रु ५ हजार ५०० जरिवाना गरिएको विभागले जनाएको छ । अनुगमनका लागि विभागका निरीक्षण अधिकृत पवन प्याकुरेलको नेतृत्वमा ३ वटा टोली खटिइएको थियो ।

याे पनि पढ्नुस  हेलिकोप्टर नपाएपछि रोकियो कालापानी अनुगमन

अनुगमनका क्रममा तरकारी बजारको अवस्था अत्यन्त नाजुक पाइएपछि तत्काल सुधार गर्न निर्देशन दिइएको महानिर्देशन गौचनले जानकारी दिए । तरकारीको थोक तथा खुद्रा मूल्यसूची राख्न, बिलविजक अनिवार्यरुपमा लेनदेन गर्न, दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्न र तरकारी बजारको सुधारको कदम चाल्न निर्देशन दिइएको उनले बताए ।

याे पनि पढ्नुस  उद्योगमन्त्री भट्टद्वारा विभिन्न खाद्य स्टोर र औषधि पसलको अनुगमन

यसैबीच, हरिया तरकारीको अनुगममा केन्द्रित भएको विभागले अब माछा, मासु बजारको पनि अनुगमन गर्ने भएको छ । माछा, मासुमा पनि अत्यधिक मूल्य वृद्धि गरिएको पाइएकाले अनुगमन गर्ने तयारी गरिएको विभागका महानिर्देशक गौचनले जानकारी दिए

कान्तिपुर दैनिकबाट साभार

कमेन्ट गर्नुहोस्