क्रिकेट रंगशाला निर्माणका लागि उद्योगी भट्टराईले दिए १० लाख

चितवन, साउन ७ । उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य डा. तिलचन्द्र भट्टराईले चितवनको रामपुरमा निर्माणाधिन क्रिकेट रंगशाला निर्माणका लागि १० लाख सहयोग गरेका छन् ।

आज भरतपुरमा आयोजित कार्यक्रम मार्फत भट्टराईले १० लाखको चेक धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ लाई हस्तान्तरण गरेका हुन् । उनले परिवार र आफ्नो संस्था पन्चरत्न ग्रुपका तर्फबाट सहयोग गरे बताए ।

सोही कार्यक्रममा पूर्वेली समाज चितवनले पाँच लाख र भरतपुर महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष नरेन्द्र कन्दङवाले १ लाख रुपैयाँ सहयोग गरेका छन् । यस्तै कार्यक्रममा अन्य विभिन्न क्षेत्रमा आवद्धहरुले पनि सहयोगको घोषणा गरेका थिए । रंगशाला निर्माण पुनः सुरु गरेकै दिन २४ लाख रुपैयाँ संकलन भएको धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष धुर्मुसले जानकारी दिए ।

प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल लगायतको उपस्थितिमा सो सहयोग रकम हस्तान्तरण गरिएको हो ।

कमेन्ट गर्नुहोस्