NMA को पहलमा वृहत युवा चिकित्सक भेला सम्पन्न

नेपाल चिकित्सक संघको पहलमा देशभर रहेका युवा चिकित्सकहरूको वृहत भेला सम्पन्न भएको छ। उक्त भेलामा देशभर रहेका नेपाल चिकित्सक संघका शाखाहरुको प्रतिनिधित्व गर्दै बाट ६२ जना युवा डाक्टरहरू र दन्त्य चिकिसकहरु सहभागी भएका थिए। कार्यक्रममा बोल्दै नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले युवा चिकित्सकहरुमाझ एकताको आवश्यकता रहेको बताउनुभयो।

नेपाल चिकित्सक संघ युवा चिकित्सकहरुको पेशागत हकहित सुनिश्चित गर्न प्रतिवद्ध रहेको जानकारी दिदै युवा डाक्टरहरुको आधारभूत आवश्यकताहरु पूरा गर्नको लागी डाक्टर-डाक्टरबीच को एकता र बुलंद आवाज को लागी युवा चिकित्सकहरु जागरुक हुनुपर्ने बताउनुभयो।

 नेपाल चिकित्सक संघका केन्द्रिय कमिटि सदस्य डा. अनिल बिक्रम कार्कीले चिकित्सा पेशामा रहेका विभिन्न समस्याहरू समाधान गर्न सम्भावना र अवसर बारे टिप्पणी थप्नुभएको थियो।

युवा डाक्टरहरू ठूलो उत्साह र सकारात्मक आशाका साथ बैठकमा भाग लिइएको देखिएको थियो।  भेलामा सहभागि युवा डाक्टरहरुको प्रश्नहरुको जवाफ नेपाल चिकित्सक संघका केन्द्रिय कमिटि सदस्यहरुले दिएका थिए। भेलामा विश्व चिकित्सा संगठन (WMA) अन्तर्गतको जुनियर डाक्टर नेटवर्कबाट संबन्धन लिइ युवा समिति गठनको तयारीको वारेमा समेत चर्चा गरिएको थियो।

कमेन्ट गर्नुहोस्