Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपाल भर्सेस मलेसियाः पहिलो ओभरमै सोमपालले लिए २ विकेट (LIVE)

काठमाडौं । सिंगापुरमा जारी आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसियाविरुद्ध नेपालले उत्कृष्ट शुरुवात गरेको छ । टस जितेर बलिङ रोजेको नेपालले पहिलो ओभरमै २ विकेट लिन सफल भएको छ । दुवै विकेट सोमपाल कामीले लिएका हुन् । पहिलो ओभरमा २ विकेट गुमाएर मलेसियाले ९ रन बटुलेको छ ।

वर्षाकाकारण ढिला गरी टस भएको खेलमा आज नियमित कप्तान पारस खड्का छैनन् । उनी ढाडको समस्याकारण आजको खेलमा उपस्थित हुन नसकेका हुन् । मलेसियाविरुद्ध ज्ञानेन्द्र मल्लले टोलीको नेतृत्व गर्ने छन् । लगातारको वर्षाको कारण निर्धारित समय भन्दा २ घण्टा ढिला हुँदा खेल घटाएर ९ ओभरमा झारिएको छ । नेपाललाई अर्को चरणमा पुग्न मलेसियाविरुद्धको खेल जित्नैपर्ने हुन्छ ।

नेपालको प्लेइङ ११ः ज्ञानेन्द्र मल्ल (कप्तान), रोहितकुमार पौडेल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, अभिनाश बोहरा, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी र प्रदिप ऐरी ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: