विपी स्मृति दिवसको अवसरमा स्टेशनरी सामाग्री वितरण

धनगढी, साउन ८ । नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३७औं स्मृति दिवसको अवसरमा धनगढीस्थित आमाको माया छात्रबासका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरिएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति कैलाली र नेपाली कांग्रेस धनगढी नगरसमितिको संयुक्त आयोजनामा विद्यार्थीहरुलाई स्टेशनरी सामग्री हस्तान्तरण गरिएको हो । आमाको माया छात्रबासमा ३५ जना असहाय बालकहरु रहेका छन् । स्टेशनरी सामाग्री वितरण कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य डिल्लीराज पन्तले विपी झुपडीबाट समृद्धिको थालनी हुनुपर्छ भन्ने महान विचारक भएको बताए ।

याे पनि पढ्नुस  मिटर ब्याजीको जालो बन्दै धनगढी

विपी बाबु दुरदर्शी नेता थिए प्रदेशसभा सदस्य पन्तले भने, अहिले नेपाली कांग्रेसमात्रै होइन, कम्युनिष्टहरु पनि विपीको लाईनमा आईसकेका छन् । नेपाली कांग्रेस धनगढी नगरसमितिका सभापति तथा धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले, विपीले प्रतिपादन गरेको दर्शन विश्वमै उत्कृष्ट दर्शन भएको बताए । विपी विचारको सान्दर्भिकता हिजोमात्रै होइन, आज र भोलि (बुधबार र बिहीबार) सधैं रहने छ नगरप्रमुख वडले बताए ।

याे पनि पढ्नुस  धनगढीमा ग्रयान्ड अष्ट्रेलियन एण्ड क्यानडा एजुकेशन सेमिनार सम्पन्न

स्टेशनरी वितरण कार्यक्रममा नेपाल महिला संघका केन्द्रिय सदस्य तथा धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्ट, नेपाल महिला संघ कैलाली जिल्ला अध्यक्ष पुष्पा भट्टलगायत थुप्रै नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्