मलेसियालाई चौथो झड्का, सन्दीपलाई पहिलो सफलता (LIVE)

काठमाडौं । सिंगापुरमा जारी आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाललाई चौथो सफलता मिलेको छ । मलेसियाको चौथो विकेट सन्दीपल लामिछानेले लिएका हुन् । टस जितेर बलिङ रोजेको नेपालले पहिलो ओभरमै २ विकेट लिएको थियो । मलेसियाको तेस्रो, दोस्रो र पहिलो विकेट सोमपाल कामीले लिएका थिए ।

वर्षाकाकारण ढिला गरी टस भएको खेलमा आज नियमित कप्तान पारस खड्का छैनन् । उनी ढाडको समस्याकारण आजको खेलमा उपस्थित हुन नसकेका हुन् । मलेसियाविरुद्ध ज्ञानेन्द्र मल्लले टोलीको नेतृत्व गर्ने छन् । लगातारको वर्षाको कारण निर्धारित समय भन्दा २ घण्टा ढिला हुँदा खेल घटाएर ९ ओभरमा झारिएको छ । नेपाललाई अर्को चरणमा पुग्न मलेसियाविरुद्धको खेल जित्नैपर्ने हुन्छ ।

नेपालको प्लेइङ ११ः ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, अभिनाश बोहरा, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी र प्रदिप ऐरी ।

कमेन्ट गर्नुहोस्