वर्षामा डुब्यो मुम्बई, बिहार र उत्तरप्रदेशमा १७४ को मृत्यु

 

काठमाडौं, मुम्बईमा मंगलबार राती परेको मुसलधारे वर्षाका कारण शहरका अधिकांश भाग डुबानमा परेका छन् ।

मौसम विज्ञानले पूर्व चेतावनी दिएको भएपनि मुम्बईमा उचित निकास नहुँदा मुम्बईका कैयन क्षेत्र डुबेका हुन ।

वर्षा निकै भएपछि आम मानिसहरुको जीवन कष्टकर बनेको छ । कतिपय स्थानमा ४, ५ फिट पानी भरिएको छ ।

यसैगरी उत्तरी भारतको दिल्लीसमेत अन्य कैयन राज्यमा समेत ठूलो पानी परिरहेको छ । भारत सरकारको मौसम विभागले बिभिन्न राज्यमा चेतावनी जारी गरेको छ ।

बाढीका कारण भारतका बिभिन्न क्षेत्रमा १ सय ८४ जनाको मृत्यु भएको छ । बिहारमा मात्रै १०६ जनाको मृत्यु भएको छ भने असममा ७८ जना मरेका छन् ।

केन्ँद्रीय जल आयोगका अनुसार, बिहारका बुढी गण्डकी, बाग्मती, अधवारा समूह, कमला, बलान, कोसी, महानन्दा र परमान नदिहरु खतराको चिन्हभन्दा माथि बगिरहेका छन् ।

कमेन्ट गर्नुहोस्