Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मौद्रिक नीति बुधबार आउने सम्भावना, बिहानैदेखि राष्ट्र बैंक संचालक समिति बैठक

काठमाडौं, साउन ८ । नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति बुधबार ल्याउने सम्भावना बढेको छ। मौद्रिक नीतिको मस्यौदामाथि छलफल गर्न राष्ट्र बैंक संचालक समितिको बैठक आज बिहान बस्दै छ ।

राष्ट्र बैंकका प्रबक्ता लक्ष्मीप्रपन्न निरौलाले राष्ट्र बैंक संचालक समितिको बैठक आज बिहान बस्ने पुष्टि गरे । उनले भने ‘संचालक समितिको बैठक आज बस्न लागेको साँचो हो तर, मौद्रिक नीति आजै आउँछ भनेर यकिन गर्न भने अहिले नै सकिदैन।

राष्ट्र बैंक अनुसन्धान विभागले तयार पारेको नयाँ मौद्रिक नीतिको मस्यौदा ब्यवस्थापन समिति हुँदै आज संचालक समितिको बैठकमा छलफल हुन लागेको हो । संचालक समितिले पारित गरेमा आजै मौद्रिक नीति सार्वजनिक हुने बढी संभावना छ । मस्यौदामा अर्थ मन्त्रालयका सचिव राजन खनालले कुनै कैफियत औल्याएर त्यसमा सुधार गर्नुपर्ने भएमा मौद्रिक नीति सार्वजनिक हुन बिहीबारसम्म लम्बिने हुनसक्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: