तोलामा कतिले कारोबार हुँदैछ सुनको गहनाहरु ?

काठमाडौं, साउन ८ । साताको चौथो दिन बुधबार पनि बजारमा सुनचाँदीको भाऊमा कुनै परिवर्तन भएको छैन ।

मंगलबार प्रतितोला सुनको मूल्य ६५ हजार रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६५ हजार रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, मंगलबार तेजावी सुनको मूल्य ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६४ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

त्यसैगरी, मंगलबार चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको थियो भने आजपनि चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

कमेन्ट गर्नुहोस्