स्टार र्‍याप ब्याटलको उपाधि धनगढीका पिस हर्टलाई

कञ्चनपुर, साउन ८ । स्टार प्रोडक्सनको आयोजना तथा सिलिकन एजुकेसनको मुख्य प्रायोजनमा महेन्द्रनगरमा सम्पन्न स्टार र्‍याप ब्याटल २०१९ को उपाधि धनगढीका दीपक रावत (पिस हर्ट)ले हात पारेका छन् ।

फाइनलमा महेन्द्रनगरका डी. होप र धनगढीका आर बुद्धाहलाई पछि पार्दै उनले उपाधि जितेका हुन । उपाधिसँगै र्‍यापर मिस्टर बिजीसँग उनले एउटा गीत, ३ ओटा म्युजिक कन्सर्टमा गाउने अवसरका साथै ट्रफी प्रमाणपत्र प्राप्त गरे ।

त्यसैगरि महेन्द्रनगरका डी होपले द्धितिय स्थान प्राप्त गरे । जितसँगै उनले ३ म्युजिक कन्सर्टमा गाउने अवसर तथा ट्रफी प्रमाणपत्र प्राप्त गरे भने धनगढीका आर बुद्धले तृतीय स्थान प्राप्त गरे । उनले ३ म्युजिक कन्सर्टका साथै ट्रफी प्रमाणपत्र प्राप्त गरे ।

कमेन्ट गर्नुहोस्