Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बुधबार बिहानैदेखिको वर्षाको कारण उडान सेवामा अवरुद्ध

काठमाडौँ, साउन ८ । प्रतिकूल मौसमका कारण बुधबार मुलुकको आन्तरिक हवाई उडानमा असर परेको छ ।

मौसम बद्लीसँगै आज बिहानैदेखि लगातारको वर्षाका कारण देशका अधिकांश विमानस्थलको सेवा अवरुद्ध भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका सबै उडान अवरुद्ध भएको छ ।

आन्तरिक उडानमा समस्या आए तापनि अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले राससलाई जानकारी दिए । उनका अनुसार वर्षाका कारण देशका पश्चिमी क्षेत्रका केही विमानस्थलमात्र सञ्चालन छन् भने मध्य र पूर्वी भेगका अधिकांश विमानस्थलको सेवा अवरुद्ध छ। अहिले भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल मात्रै सञ्चालनमा छ ।

पूर्वका चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, लुक्ला तथा भरतपुर, पोखरालगायत विमानस्थल बन्द अवस्थामा छन् । आगामी तीन दिनसम्म देशभर बदली भई अधिकांश स्थानमा वर्षा तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजीकै अवस्थित रहेकाले मनसुनी वर्षा केही दिन सक्रिय हुने छ । देशका पूर्व, मध्य र पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले उल्लेख गरेको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: