काठमाडौं, व्यवस्थापिका सदन शुरु हुनु अघि नेकपाले संसदीय दलको आकस्मिक बैठक बोलाएको छ ।
सदनमा बिरोध गर्दै आएका विपक्षी दलसँग सदन सुचारु गर्ने विषयमा सहमति जुटेलगत्तै नेकपाले संसदीय दलको बैठक बोलाएको हो ।
बैठक संघीय संसदको ल्होत्से हलमा हुने भएको छ ।
विपक्षी दलहरुले जरुरी महत्वका सार्वजनिक प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको आजको सदनको कार्यवाही भने साढे दुई बजे सुरु हुने बताइन्छ ।
आजको संसदीय दलको बैठकमा विपक्षीहरुले अघि सार्ने प्रस्ताव र सदनमा खेल्नुपर्ने भूमिकाका बारेमा छलफल हुनसक्ने देखिन्छ ।