जैविक तरकारी खेतीका लागि गौरा समाजको आर्थिक सहयोग

धनगढी, साउन ८ । नेपालमा जैविक तरकारी खेती गर्नका लागि अमेरिकामा रहेको सुदूरपश्चिमेली महिलाहरुको संस्था विसकान्सीन गौरा समाजले आर्थिक सहयोग गरेको छ ।

गौरा समाजले समावेशी तथा दिगो सामुदायिक विकास केन्द्र नेपाललाई १ लाख २५ हजार नेपाली रुपैयाँको चेक बुधबार हस्तान्तरण गरेको हो । जसमध्ये विसकान्सीन निवासी ऋषिका जोशीले आफुले प्राप्त गरेको पुरस्कार बाट ५० हजार सहयोग गरेकी हुन । चेक धनगढी उप–महानगरपालिकाका उप–प्रमुख र गौरा समाजका प्रतिनिधी कुलबहादुर खड्काले समावेशी तथा दिगो सामुदायिक विकास केन्द्र नेपाल सुदूरपश्चिम प्रदेश संयोजक वेद अवस्थीलाई हस्तान्तरण गरेका हुन् ।

समावेशी तथा दिगो सामुदायीक विकास केन्द्र नेपाललाई सो रकम जैविक तरकारी खेतीका लागि नेट हाउस निर्माण गर्न भनेको छ । रकम धुम्ती कोषको रुपमा विकास गर्न पनि भनिएको छ । रकम हस्तान्तरण गर्दै धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले अधिकारका साथै एकल महिलाहरुलाई आर्थिकरुपले सशक्तिकरण गर्नका लागि अमेरिकामा रहेको गौरा समाजले गरेको सहयोगले ठूलो योगदान पुग्ने बताईन । एकल महिलालाई अधिकारका साथै आर्थिक रुपले सवल बनाउनु अहिलेको आवश्यकता हो उप–प्रमुख भट्टले भनिन्, त्यसका लागि एकल महिलालाई आयआर्जनका अवसर दिनुपर्छ ।

गौरा समाजका प्रतिनिधी कुलबहादुर खड्काले नेपालमा एकल महिलाहरुका समस्या बुझेका कारण उनीहरुलाई सक्षम बनाउन गौरा समाजले सहयोग गरेको बताए । समावेशी तथा दिगो सामुदायीक विकास केन्द्रले धनगढी उप–महानगरपालिका १५ मा ८ कठ्ठा जमिनमा नेट हाउस निर्माण गरेर जैविक तरकारी खेती गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्