किन भोक लाग्नासाथ रिस उठ्छ ? यस्तो छ कारण

प्रायः मानिसलाई भोक लाग्ने बित्तिकै रिस उठ्न थाल्छ । यस्तो अवस्थालाई व्यक्ति विशेषले आ–आफनै कारण दिने गरेका छन् । तर, वैज्ञानिकहरूले भोक लाग्नासाथ रिस उठ्ने कारण पत्ता लगाएका छन् ।

वैज्ञानिकहरुले जीवविज्ञानको परस्पर क्रिया, व्यक्तित्व र छेउछाउको माहौलले गर्दा यस्तो हुने बताएका छन् । चार सयभन्दा बढी व्यक्तिमा गरिएको यो अध्ययन ‘इमोसनल’ जर्नलमा प्रकाशित छ । त्यसअनुसार भोको अनुभव गर्नाले कहिलेकाहीं मानिसको भावना र दुनियाँलाई लिएर विचार पनि प्रभावित हुन्छ  ।

हालै ‘हंग्री’ शब्दलाई अक्सफोर्ड डिक्सनरीले क्रियाका अर्थमा पनि प्रविष्ट गरेको छ । अब ‘हंग्री’ माने—भोकका कारण रिस उठ्नु  । यो अनुसन्धानको मुख्य उद्देश्य भोकसँग जोडिएको भावनात्मक स्थितिको मनोवैज्ञानिक तरिकाले अध्ययन गर्नु थियो ।

कुनै व्यक्ति भोको हुँदा कसरी रिसाउँछ  ?

अनुसन्धानअनुसार, आफू छेउछाउको अवस्थाले गर्दामात्रै त्यतिबेला भोको व्यक्ति रिसाएको हुन्न । व्यक्ति विशेषको भावनात्मक जागरुकताको स्तरले त्यो बेलाको रिसलाई निर्धारित गर्ने गर्छ । अर्कातिर, आफूलाई भोक लागेको छ कि छैन भनेर सोचिरहने व्यक्तिचाहिँ भोकै हुँदा पनि रिसाउने सम्भावना कम हुन्छ । हेल्थटुडेबाट

कमेन्ट गर्नुहोस्