सेक्स नै नगरेका वात्सायनले कसरी लेखेका रहेछन् त कामसूत्र ?

कामसूत्र प्राचिन भारतमा लेखिएको महत्वपूर्ण पुस्तक हो । करिब तेस्रो शताब्दीतिरको रचना मानिएको यो पुस्तक तत्समयमा मात्रै चर्चित भएन आज पर्यन्त यसको चर्चा चल्ने गर्छ र यो विश्वका निकै भाषामा अनुदित भइसकेको छ ।

कामशास्त्र या मानव यौनका विविध पक्षमा खुलेर चर्चा गरिएको यस पुस्तकको रचना महर्षि वात्सायनले गरेका थिए ।  यसलाई विश्वको प्रथम यौन संहिता मान्ने गरिएको छ ।  जुन समय विश्वभरि नै यौनका बारेमा खुलेर चर्चा गर्नु विश्वका सबै जसो सभ्यताहरूमा वर्जित मानिएको थियो यस पुस्तकको लेखनले तत्समयको भारतीय समाजको खुलापनबारे सहजै अनुमान गर्न सकिन्छ ।

यस पुस्तकमा यौन र प्रेमका विभिन्न मनोशारिरिक सिद्धान्त तथा प्रयोगबारे विस्तृत व्याख्या एवं विवेचना गरिएको छ ।  यसलाई अर्थशास्त्रको क्षेत्रमा कौटिल्यको अर्थशास्त्रलाई जस्तै मान्ने गरिएको छ ।

कामसूत्र आजसम्मकै सर्वाधिक बिर्की भएको पुस्तकमध्ये एक पर्ने गरेको छ ।  यस पुस्तकमा यौन र यसका आसनबारे खुलेर गरिएको बयान देखेर पश्चिमा मानवशास्त्री र यौन विशेषज्ञहरू समेत जिब्रो तोक्ने गर्छन् । तर धेरै कमलाई मात्र थाहा होला यौनका विविध पक्षका बारेमा यसरी खुलेर लेख्ने महर्षि वात्सायन आफू भने आजीवन ब्रह्मचारी थिए ।  यति हुँदा हुँदै पनि उनलाई यौनबारे राम्रो बुझाइ थियो र उनले यसलाई कलात्मक रुप दिए ।

वाराणसीमा निकै समय बिताएका वात्सायन ऋषिलाई वेद र अन्य धर्मग्रन्थहरूको पनि निकै ज्ञान थियो । यसका साथै उनले लेखेको यौन ज्ञान प्रदान गर्ने पुस्तक कामसूत्रलाई आज पनि निकै प्रासंगिक मान्ने गरिन्छ । यसरी यौनलाई नयाँ आयाम दिने महर्षि वात्सायनबारे यहाँ छोटो चर्चा गरिएको छ:

महर्षि वात्स्यायनले नै पहिलोपटक आकर्षणआफूलाई कहिल्यै पनि यौनसम्बन्धि गतिविधिहरूमा संलग्न राखेनन् ।

आफू कहिल्यै पनि प्रत्यक्ष रूपमा यौन कार्यमा संलग्न नरहेका वात्स्यायनले कामसूत्रको रचना कसरी गरे त? भन्ने जिज्ञासा जाग्नु स्वाभाविक हो ।  भनिन्छ उनले वेश्यालयहरूमा गएर त्यहाँ देखेका विभिन्न मुद्राहरूको अध्ययन गरेर साथै नगरवधु र यौनकर्मीहरूसँग कुरा गरेर यस पुस्तकको रहना गरेका थिए ।  प्रसिद्ध लेखिका वेंडी डोनिगरले आफ्नो पुस्तक ‘रिडिमिंग द कामसूत्रा’मा महर्षि वात्स्यायनबारे पनि विस्तारले लेखेकी छिन् ।  उनका अनुसार कामसूत्रलाई वास्तविक जीवनमा जिउनेकाला या आर्ट अफ लिभिङ सिकाउने पुस्तकका रूपमा हेरिनुपर्ने बताएकी छिन् ।

इतिहासकारहरूका अनुसार वात्स्यायनलाई यौनको विषयमा खुलेर चर्चा हुनुपर्ने र यसलाई उपेक्षा गर्न नहुने लागेको थियो ।  यसै कुराको सुनिश्चितताको लागि उनले यस पुस्तकको रछ्ना गरेको बताइन्छ । यौन सृष्टिको निरन्तरताका लागि पनि आवश्यक भएकाले यसबारे हुने चर्चा उनले वर्जनीय मानेका छैनन् । लेखिएको हजारौं वर्षपछि पनि विश्वभर यस पुस्तकको चर्चा हुने गरेको छ ।

वात्स्यायनले यौन शिक्षा दिने पुस्तकको मात्रै रचना गरेनन् ।  उनी दार्शनिक पनि थिए ।  उनले रचना गरेको अर्को महत्वपूर्ण पुस्तक न्याय सूत्र हो । यो पुस्तक आध्यात्मिक उदारवादमा लेखिएको थियो र यसमा जन्म र जीवनको रहस्य खोतल्ने प्रयास गरिएको छ । निकै उच्च कोटिको भएपनि अचेल यस पुस्तकबारे धेरै चर्चा भएको छैन । यसको कारण धेरैले कामसूत्रको सम्हाली नसक्नु लोप्रियता पनि ठान्ने गरेका छन् ।

कमेन्ट गर्नुहोस्