एक बर्षभित्र यूएईमा ९८ नेपालीको ज्यान गयो, ४ जनाको हत्या

यूएई, साउन ८ । रोजगारीका यूएई पुगेका नेपाली मध्य ९८ जनाले एक बर्षभित्र ज्यान गुमाएका छन्। यूएई स्थित नेपाली दूतावासले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५र०७६ मा ९८ जना नेपालीहरु मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ५ जना महिला र ९३ जना पुरुष रहेको उल्लेख छ ।

यसरी मृत्यु हुनेमा आत्महत्या कारण २१ पुरुष , २ महिला, रहेका छन् भने प्राकृतिक कारण बाट ४८ जना पुरुष, दुर्घटनाका कारण २ जना महिला र २१ जना पुरुषको मृत्यु भएको तथ्यांकमामा उल्लेख छ।

यस्तै गत वर्ष ४ जना नेपालीहरुको युएईमा हत्या भएको थियोे। जसमा ३ पुरुष र १ महिला रहेका छन । हत्या भएका नेपालीको बिषयमा अनुसंधान चलिरहेको दूतावासले जानकारी दिएको छ।

सन् २०१८ मा दूतावासले जारी गरेको तथ्यांकअनुसार युएईमा एक बर्ष भित्र विभिन्न कारणले १०३ जना नेपालीको मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्