चलचित्र ‘बैनाबट्टा’को पहिलो गीत ‘तिमीसँग’ सार्वजनिक

काठमाडौं, साउन ८ । नेपाली कथानक चलचित्र ‘बैना बट्टा’को पहिलो गीत ‘तिमीसँग’ सार्वजनिक भएको छ ।

राज चाम्लिङको कथा निर्देशन रहेको सुम्हात्लुङ फिल्मस् प्रालिको पहिलो प्रस्तुति चलचित्र ‘बैनाबट्टा’को पहिलो गीत ‘तिमीसँग’ ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ । उक्त गीतमा दिपा लामा तथा सन्तोष राइको स्वर रहेको छ भने देवेन्द्र नेम्वाङ र कविता राईलाई फिचर्ड गरिएको छ ।

नेपालको सुदुर पूर्वी जिल्लाहरुमा बसोबास गर्ने लिम्बु लगायत आदिवासी समुदायमा रहेको एक प्रथा हो ‘बैनाबट्टा’ । यसैको सेरोफेरो चलचित्रको बिषयबस्तु रहेको छ । मुख्य निर्माता प्रेम लावती रहेका यस चलचित्रमा भवानी घिमिरे, विक्रम नवेम्वाङ, राम लावती, एबिराज आङदेम्बे समिल राई, सुनिता लिम्बु र यसराज योङयाङह चलचित्रका सहनिर्माता रहेका छन् ।

यस चलचित्रको नृत्य निर्देशन कमल राई छायाँकन सम्पादन देवजँग थापाले गरेका छन् भने बैनाबट्टमा देबेन्द्र नेम्बाङ, कबिता राई, बाबु मुक्तान, रस्मिला तामाङ, अर्जुन श्रेष्ठ, नरेश बनेम, रिया सुब्बा, रोमनसिंह लिम्बु, प्रकाश थेबे कृष्णराज नेम्बाङ र पुष्पराज आङबुहाङ लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

‘बैना बट्टा’मा ४ वटा गीत रहने यस चलचित्रमा बुद्धराज इवाङ, राज चाम्लिङ र सन्तोसष राईको संगीत रहको छ । उक्त गीतहरुलाई दिपक लिम्बु, मेलिना राई, दिपा लामा, सन्तोष राई, राजु लिम्बु, दिप्सन लिम्बुहरुको आवाज रहेको छ । असोज महिनाको पहिलो हप्ताबाट नेपाल लगायत विभिन्न देशहरुमा प्रदर्शन गर्ने योजना रहेको निर्माता प्रेम लावतीले बताएका छन् । भिडियो हेर्नुहोस्–

कमेन्ट गर्नुहोस्