छैठौं छायाँछवि तीज म्यूजिक अवार्डको दर्ता आव्हान

काठमाडौं, साउन ८ । छायाँछवि क्रियशनले विगत ६ वर्षदेखि गर्दै आएको विल्कुलै नवीनतम् छायाँछवि तीज म्यूजिक अवार्डको छैठौं संस्करणका लागि तीज गीत दर्ता गर्न सार्वजनिकरुपमा आब्हान गरेको छ ।

नेपाली खासगरी हिन्दु नारीहरुको महान् चाड तीजका अवसरमा आफ्नो सांस्कृतिक पक्षलाई उजागर गर्दै मनका वेदना, पीडा, उमङ्ग, खुशी एवं भावनालाई गीतका मार्फत प्रस्तुत गर्ने चलन छ । पहिले पहिले खासगरी घरबाट पीडित बुहारीहरुको पीडा गीत मार्फत प्रस्तुत गर्ने गरेको भएपनि समयक्रममा त्यसमा आएको परिवर्तनमा सँगसँगै भएको गीतको शैली परिवर्तन आजका तीजका गीतमा देखिन्छ ।

यही क्रमका गीतहरु गाउँघरका जमघटबाट अझै पर हटेर मुलत गायिका र बदलिँदो परिस्थितिमा गायकले समेत तीज दोहोरी गाउने चलन बनेको छ । तीजका अवसरमा ८०० देखि १००० गीत प्रकाशित हुने गरेका छन् । यिनै तीजका श्रष्टाहरु पुरस्कृत होउन् र स्रष्टाले सम्मान तथा प्रोत्साहन पाउन् भनेर तीज अवार्ड गर्ने गरेको कार्यक्रमकी संयोजक गीता अधिकारीले बताएकी छिन् ।

छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले पाँचौं तीज म्यूजिक अवार्डमा तीजका विभिन्न ३० विधामा स्रष्टालाई पुरस्कृत गरिने बताए । साथै प्रियले तीज अवार्ड आगामी भदौ १२ गते एक भव्य कार्यक्रमको आयोजना गरी काठमाडौंमा सम्पन्न गरिने जानकारी गराए ।

कमेन्ट गर्नुहोस्