टेस्ट क्रिकेटः डेब्यू खेलमा चलेन रोयको ब्याट

काठमाडौं, साउन ८ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट २०१९ मा उत्कृष्ट प्रदर्शन गरेका इंग्ल्याण्ड टिमका ओपनर जसन रोयले टेस्ट क्रिकेटमा भने खराब सुरुवात गरेका छन् । आज आयरल्याण्डविरुद्ध डेब्यू गरेका उनी ११ बलमा ५ रन बनाएर आउट भए । राेय २.४ ओभरमा ८ रन बनाएको अवस्थामा टिम मर्टघको बलमा क्याच आउट भए । उनलाई पउल स्टर्लिङ क्याच आउट गराएका हुन् ।

याे पनि पढ्नुस  टेस्ट क्रिकेटः राशिदको शानदार प्रदर्शनमा अफगानिस्तानले बंगलादेशलाई हरायो

भर्खरै सम्पन्न वान डे विश्वकपमा रोयले ८ खेलमा ४४३ रन बनाएका थिए । त्यसक्रममा उनले ४ अर्धशतक र एक शतक बनाएका थिए । विश्वकप २०१९ मा रोय सर्बाधिक रन बनाउनेको सूचीमा दशौं नम्बरमा थिए । आयरल्याण्डसँगको एक मात्र टेस्ट खेलमा इंग्ल्याण्डले टस जितेर ब्याटिङ रोजेको हो ।

याे पनि पढ्नुस  राशिद खान भोलि रच्दै छन् यस्तो इतिहास

कमेन्ट गर्नुहोस्