झगडाले ल्यायो नयाँ आपतः छवि र शिल्पाविरुद्ध पक्राऊ पूर्जि जारी

काठमाडौं, पारिवारिक झगडाले चर्चामा आएका निर्माता छवि र नायिका शिल्पालाई नयाँ संकट आइपरेको छ ।

एकले अर्कोलाई आरोप प्रत्यारोप लगाउँदै आएका उनीहरुविरुद्ध छविकी पहिलो श्रीमतीले मुद्दा दर्ता गरेपछि पक्राऊ पूर्जि जारीगरिएको हो ।

ओझाकी जेठी श्रीमती हेमा ओझाले बहुविवाहको मुद्दा हालेसँगै यस घटनाले नयाँ मोड लिएको थियो । छवि र शिल्पाविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ। बुधबार बहुविवाह मुद्दा दर्ता गर्दै अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

उनीहरू दुवैविरुद्ध पक्राउ पुर्जी आइसकेको पुष्टि गर्दै महानगरीय प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले दुवैलाई पक्राउ गरी अनुसन्धान गरिने बताएका छन् ।

कमेन्ट गर्नुहोस्