आयरल्याण्डविरुद्ध इंग्ल्याण्डको खराब प्रदर्शन, बेरिस्टो शून्य रनमै आउट

काठमाडौं, साउन ८ । केही दिनअघि मात्र आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको इंग्ल्याण्डले आयरल्याण्ड विरुद्धको एक मात्र टेस्ट खेलमा खराब प्रदर्शन गरेको छ । लड्स क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरिहरेको इंग्ल्याण्डले सस्तैमा महत्वपूर्ण ४ विकेट गुमाइसकेको छ ।

उसले १२.४ ओभरमा ५ विकेट गुमाएर ४२ रन बनाएको छ । इंग्ल्याण्डले जो डेन्लीलाई २३, रोरी र्बुन्सलाई ६, जसन रोयलाई ५, कप्तान जो रुटलाई २ र जोनी बरिस्टोलाई शून्य रनमा गुमाइसकेको छ । रोय, र्बुन्स, बेरिस्टोलाई टिम मर्टघ, डेन्ली र रुटलाई मार्क आदिरले आउट गरेका हुन् । यो पनिः डेब्यू खेलमै चलेन रोयको ब्याट

कमेन्ट गर्नुहोस्