नक्कली नेपाली रुपैँयासहित ३७ वर्षीय न्यौपाने पक्राउ

बारा, ८ साउन । प्रहरीले नक्कली नेपाली रुपैँयासहित एक जनालाई पक्राउ गरेको छ ।

आदर्शकोतवाल गाउँपालिका–५ रुपौलियाबाट चितवन राप्ती नगरपालिका–८ बीरेन्द्रनगर बस्ने ३७ वर्षीय पर्शुराम न्यौपानेलाई एक हजार दरका नक्कली नेपाली रुपैयाँ ४ थानसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँस्थित मोहन सहनीले संचालन गरेको मदिरा पसलमा न्यौपानेले बियर खरिद गर्ने क्रममा दिएको एक हजार दरको १ वटा नोट नक्कली भएको भनी पसल संचालकले खबर गरे पश्चात खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिई जाँच गर्दा निजको खल्तीमा थप हजार दरका थप ३ वटा नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्