लाभकर गणनामा चुलिएको विवादमा सहमति, शेयर बजार बढने संकेत

काठमाडौं । शेयर बजारमा निकै विवादमा रहेको पूँजिगत लाभकर गणनासम्बन्धी विवादले अन्ततः निकास पाएको छ । योसँगै शेयर बजारमा सकारात्मक सुधार देखिने आशा गरिएको छ ।

आज धितोपत्र बोर्डमा भएको छलफलमा भारित लागत औसत विधिबाट पूँजीगत लाभकर गणनामा देखिएको विवाद अन्त्य भएको हो।

सरोकारवालाहरु बीच २०६४ साउन ३० गतेदेखि ०७६ असार ३१ गतेसम्म कारोबार भएका कम्पनीहरूको मूल्यको औसतलाई आधार बनाएर बेस मूल्य निर्धारण गर्ने र सोही आधारमा पूँजीगत लाभकर गणना गर्ने व्यवस्थाका लागि माथिल्लो निकायमा सिफारिस गर्ने सहमति भएको छ।

छलफलमा पाँचवटा लगानीकर्ता संघ संगठन, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अधिकारी सहभागी थिए।

कमेन्ट गर्नुहोस्