आयरल्याण्ड भर्सेस इंग्ल्याण्डः ४५ रन नबनाउँदै इंग्ल्याण्डले गुमायो ७ विकेट

काठमाडौं, साउन ८ । केही दिनअघि मात्र आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको इंग्ल्याण्डले आयरल्याण्ड विरुद्धको एक मात्र टेस्ट खेलमा खराब प्रदर्शन गरेको छ । लड्स क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरिहरेको इंग्ल्याण्डले सस्तैमा महत्वपूर्ण ७ विकेट गुमाइसकेको छ ।

उसले १४.२ ओभरमा ७ विकेट गुमाएर ४३ रन बनाएको छ । इंग्ल्याण्डले जो डेन्लीलाई २३, रोरी र्बुन्सलाई ६, जसन रोयलाई ५, कप्तान जो रुटलाई २, जोनी बरिस्टो, क्रिस ओक्स र मोइन अलिलाई शून्य रनमा गुमाइसकेको छ । रोय, र्बुन्स, ओक्स, बेरिस्टो, मोइन अलिलाई टिम मर्टघ, डेन्ली र रुटलाई मार्क आदिरले आउट गरेका हुन् ।

कमेन्ट गर्नुहोस्