टेस्ट क्रिकेटः इंग्ल्याण्डविरुद्ध मुर्टाघले रचे इतिहास

काठमाडौं, साउन ८ । आयरल्याण्ड क्रिकेट टिमका तिव्र गतिका बलर टिम मुर्टाघले इंग्ल्याण्डविरुद्ध टेस्ट क्रिकेटमा इतिहास रचेका छन् । उनी आयरलण्डको तर्फबाट टेस्ट क्रिकेटमा ५ विकेट लिने पहिलो बलर बनेका छन् ।

टिम मुर्टाघ

मुर्टाघले ९ ओभरमा १३ रन दिएर महत्वपूर्ण ५ विकेट लिए । उनले जसन रोय, रोरी र्बुन्स, क्रिस ओक्स, जोनी बेरिस्टो र मोइन अलिलाई आउट गर्न सफल भएका हुन् । लड्स क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डले २३.४ ओभरमा अल आउट हुँदै ८५ रन मात्र बनाउन सक्यो ।

इंग्ल्याण्डका लागि जो डेन्लीले सर्बाधिक २३, साम करनले १८, ओल्ली स्टोनले १९, रोरी र्बुन्सले ६, जसन रोयले ५, कप्तान जो रुटले २ रन बनाए ।

जोनी बरिस्टो, क्रिस ओक्स र मोइन अलिले खाता नै खोल्न सकेनन् । बलिङमा आयरल्याण्डमा टिम मुर्टघले ९ ओभरमा १३ रन दिएर ५ विकेट लिए । यस्तै मार्क आदिरले ३ र ब्वोइड र्याकिंनले २ विकेट लिए ।

यो पनिः  डेब्यू खेलमा चलेन रोयको ब्याट

सम्बन्धित समाचार
आयरल्याण्ड भर्सेस इंग्ल्याण्डः ४५ रन नबनाउँदै इंग्ल्याण्डले गुमायो ७ विकेट
आयरल्याण्डविरुद्ध इंग्ल्याण्डको खराब प्रदर्शन, बेरिस्टो शून्य रनमै आउट
टेस्ट क्रिकेटः डेब्यू खेलमा चलेन रोयको ब्याट

कमेन्ट गर्नुहोस्