एक इन्स्टाग्राम पोस्टबाटै कति कमाउँछन् विराट?

काठमाडौं, साउन ८ । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले इन्स्टाग्राम पोस्टको आम्दानी सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यममा जनाइएअनुसार कोहलीले इन्स्टाग्राम पोस्टबाटै लाखौं आम्दानी गरिरहेका छन् । समाचारका अनुसार विराटको यो कमाईबारे उनले पोस्ट गरेको इन्स्टाग्रामको रिच लिस्टले पनि पुष्टि गरेको छ ।

याे पनि पढ्नुस  टेस्ट वरियताः शीर्ष स्थानमा कायमै स्मिथ, निकै पछि परे विराट

इन्स्टाग्राम रिच लिस्ट २०१९ मा उनी सर्बाधिक कमाई गर्ने सूचीमा नवौ स्थानमा छन् । Hopper HQ का अनुसार विराटले एक इन्स्टा पोस्ट गर्दा झण्डै २२ लाख नेपाली रुपैयाँ पाउँछन् । अर्थात् २१ लाख ८० हजार ५५९ रुपैयाँ पाउने गर्छन् । इन्स्टा पोस्टबा सर्बाधिक कमाई गर्ने खेलाडीको सूचीमा भने चर्चित पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डो रहेका छन् ।

याे पनि पढ्नुस  आइसीसी टेस्ट वरियताः विराटलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिए स्मिथ

कमेन्ट गर्नुहोस्