बालिकालाई होटलमा थुनेर बलात्कार गर्ने शिक्षक पक्राउ

पोखरा । एकजना नाबालिकलाई होटलमा थुनेर बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

विराटनगर घर भई हाल उदयपुर चौदन्दी ७ बस्ने बस्ने शिक्षक राजेश कानोडियाले उदयपुर निवासी १४ वर्षीया बालिकालाई बन्धक बनाई यौन शोषण गर्दै आएका थिए ।

याे पनि पढ्नुस  किशोरी बलात्कार आरोपमा इन्जिनियर पक्राउ

उनले बालिकाको मोबाईल खोसेर उनलाई परिवारसँग कुरा गर्न दिएका थिएनन् । अहिले भने बालिकालाई प्रहरीले परिवारको जिम्मा लगाएको छ । कानोडियामाथि कानुनी कारबाही अगाडि बढाइएको छ ।

कमेन्ट गर्नुहोस्