समाजवादको यात्राः मनाङेको इन्ट्रि, लामाको जेलवास

भीष्म थापा । काठमाडौं, जर्मनीमा एकजना बहुला (उनीहरुको भाषामा) जन्मेका थिए । ती बहुलाले के भने भने समाजमा एकथरिले खान पाउँछन्, मस्ती गर्न पाउँछन, उनीहरुले काम पनि गर्नुपर्दैन र अर्कोथरी भने रातदिन पसीना चुहाएर पनि सुखसँग बाँच्न पाउँदैनन । यी निम्छरा भनिएका थिचिएका, मिचिएका कमारा बनाईएकाहरुले लड्नु पर्छ, अनि आफ्नो व्यवस्था निर्माण गर्नुपर्छ ।

समस्या कहाँनेर भयो भने नेपालमा यिनै निम्छराहरुको कुरा गर्दै भोट माग्ने एउटा शक्ति अहिले सत्तामा छ । उसका लागि यी निम्छराहरुले सबै कुरा पाइसके । दलितहरुले सम्मान पाइसके, जनजातिहरुले अधिकार पाइसके, महिलाहरु त पुरुष सरह भैसके । मजदूरलाई समस्या छैन, किसानलाई झनै के पीर छ र ? उनीहरुका लागि यो राज्य, यो वेवस्था, यो प्रणाली सबै पूर्ण छ । यसको नाम उनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्र दिएका छन् ।

लेनिनले सर्वाहारा वर्गको अधिनायकत्व र बल प्रयोगको अनिवार्य नियम भनेको भोडकाको नशामा मात्तिएर हो ?

यो संसदीय लोकतान्त्रिक गणतन्त्र सत्तारुढ निम्छराको पार्टीको दावा गर्ने नेकपाका लागि यति प्यारो छ कि यसको विरुद्धमा कसैले चुईंक्क बोलेको पनि उनीहरु मन पराउँदैनन । यो नै अन्तिम लक्ष्य हो । मानौं यो व्यवस्थाले नै यी गरीब, किसान, बालुवा र गिट्टी चाल्ने निमुखाहरुलाई स्वर्गीय आनन्द दिन्छ । उनीहरु गर्वका साथ भन्छन

खबरदार, यो व्यवस्थाविरुद्ध नबोल, संविधान भनेको कुरान हो । यसका विरुद्ध बोले फतवा या मृत्युदण्ड हुन्छ ।

र कमरेडहरु, संसदीय चुनावमा बहुमत ल्याएर कम्युनिष्टहरुले यी गरीब दुखीहरुको व्यवस्था ल्याउन सक्ने भए माक्र्सले कम्युनिष्ट घोषणापत्र लेख्ने र पेरिस कम्युनमा सयौं वीरहरुले मर्नुपर्ने अवस्था आउँथ्यो र ?

अचम्म लाग्छ, नाम छ कम्युनिष्ट पछाडि झुण्डिएको छ माक्र्सवाद लेनिनवाद । माओवादलाई त महाकालीमा बगाईसके । तर माक्र्सवादले के भन्छ त सत्तासीन महोदयहरु ? लेनिनले राज्य र क्रान्ति पुस्तकमा सत्ताको चरित्रका बारेमा के भन्छन् त नेकपा कमरेडहरु ? के संसदीय व्यवस्थाले गरिब, दुखी जनतालाई न्याय दिन सक्छ ? के नेपालका हलिया, कमैया, महिला, दलित, जनजाति, गरिब, भेगीयरुपमा उत्पीडितहरुलाई यो अल्पमत र बहुमतको शासन प्रणालीले सत्ताको स्वामित्व दिन्छ ? लेनिनले सर्वाहारा वर्गको अधिनायकत्व र बल प्रयोगको अनिवार्य नियम भनेको भोडकाको नशामा मात्तिएर हो ?

याे पनि पढ्नुस  विप्लवका २ कार्यकर्ता रिहा लगत्तै नेकपामा प्रवेश

तर यसो भन्यो भने अपराध हुन्छ । यो बहुदलीय प्रतिष्पर्धाको बिरुद्ध हुन्छ । हामी त चोखा कम्युनिष्ट । बहुदल मान्ने कम्युनिष्ट । अनि हामीले सपना देखाएर बहुमत ल्याएपछि हाम्रो सानै अर्कै हुन्छ । चुनावमा आएर देखाउन ? उनीहरुको धम्की हुन्छ ।

राप्रपाले संघीयताविरुद्धमा कुरा गर्छ, धर्म सापेक्षताको कुरा गर्छ । तर राप्रपा प्रतिबन्धित हुँदैन । जबकि यो त संविधानको बिरुद्दको कुरा होइन र ? तर राप्रपामाथि कार्वाही हुन्न । तर वैज्ञानिक समाजवाद ल्याउनुपर्छ भन्ने शक्तिमाथि प्रतिबन्ध लाग्छ ।

तर कमरेडहरु, संसदीय चुनावमा बहुमत ल्याएर कम्युनिष्टहरुले यी गरीब दुखीहरुको व्यवस्था ल्याउन सक्ने भए माक्र्सले कम्युनिष्ट घोषणापत्र लेख्ने र पेरिस कम्युनमा सयौं वीरहरुले मर्नुपर्ने अवस्था आउँथ्यो र ?

तर यसो भने फेरी उनीहरु बम्किन्छन् । यहाँ बोल्न मनाही छ । अझ क्रान्तिको त क पनि उच्चारण गर्नुहुन्न ।

राप्रपाले संघीयताविरुद्धमा कुरा गर्छ, धर्म सापेक्षताको कुरा गर्छ । तर राप्रपा प्रतिबन्धित हुँदैन । जबकि यो त संविधानको बिरुद्दको कुरा होइन र ? तर राप्रपामाथि कार्वाही हुन्न । तर वैज्ञानिक समाजवाद ल्याउनुपर्छ भन्ने शक्तिमाथि प्रतिबन्ध लाग्छ । जनताको गीत गाउने कलाकारको हातमा हत्कडी लगाइन्छ र हातमा पेस्तोल नचाएर गुण्डागर्दी गर्नेहरुलाई कमरेडको टीका लगाइन्छ । के संसदीय अभ्यासको नाममा हामीले गरेको सिर्जनात्मक प्रयोग यही हो ?

विप्लवहरु के हुन, हामीलाई थाहा छैन, नेपाली जनता अझै पनि विप्लवले के गर्न खोजेको हो भन्नेमा प्रष्ट छैनन् । रहस्यमा छ उनीहरुको कार्यदिशा । नाम एकीकृत जनक्रान्ति र कार्यशैली प्रचण्डपथको छ उनीहरुको । तर पनि राजनीतिकरुपमा राप्रपा भन्दा त विप्लवहरु प्रगतिशील र मित्र शक्ति होलान नि ? कि हुँदैनन ? विप्लवहरुले त अग्रगामी कुरा गर्छन् । साध्यको रुपमा उनीहरुले हिंसा प्रयोग गरेका छन् । त्यो गलत होला, त्यसलाई सच्याउन सकिएला । तर उनीहरुको माग पुनः राजतन्त्रात्मक हिन्दु राज्य स्थापना गर्ने त छैन नि ? नारा र विचारका हिसाबले त विप्लव, वैद्य, मोहनबिक्रम, बिछुक्चेलगायत सबैले एक कदम अघि जाने पो कुरा गरेका छन् ।

विप्लवहरु नियतमा सही छन तर कार्यशैलीमा गलत छन् । यो नक्सलवादी बन्ने समय कदापी होइन । तर यो कुरा विप्लवले बुझ्दैनन् ।

अनि एक कदम अघि बढौं, दलाल पूँजिवादलाई परास्त गरेर नेपालमा वैज्ञानिक समाजवादको स्थापना गरौं भन्दा त्यो शान्ति र व्यवस्थाका लागि ठूलो चुनौती हुने ?

याे पनि पढ्नुस  विप्लवका इलाम जिल्ला सेक्रेटरी नेकपा प्रवेश

कमरेड बादल, के तपाई यो संसदीय व्यवस्था र अहिलेको संविधान नै सबैभन्दा महान र पूर्ण भएको ठान्नुहुन्छ ? यदि होइन भने यो संविधानमा तपाईहरुले पनि असहमित दर्ता गर्नुभएको बिर्सिनु भयो ? यो भन्दा झन राम्रो जनताको संविधान बनाउँ भन्दा तपाईहरुले त्यसलाई व्यवस्थाको खतराको रुपमा हेर्ने ?

विप्लवहरुले बस्तुगत परिस्थिति बुझ्नु पर्यो । क्रान्ति ख्याल ठट्टा र नक्कल होइन । र, सत्तारुढ नेकपा र खासगरी पूर्व नेकपा माओवादी केन्द्रका मन्त्री, कार्यकर्ताहरुले के बुझ्नुपर्यो भने विप्लवहरुको राजनीतिक माग गलत छैन ।

समस्या यो संसदीय व्यवस्थालाई कसरी हेर्ने भन्ने हो ? विप्लवहरु नियतमा सही छन तर कार्यशैलीमा गलत छन् । यो नक्सलवादी बन्ने समय कदापी होइन । तर यो कुरा विप्लवले बुझ्दैनन् । अहिले हिंसाको के आवश्यकता थियो । अहिले बम किन पडकाउनु पर्यो ? हिंसारहित जनसंघर्षलाई प्रधान कार्यनीति बनाएर संसदीय व्यवस्थाबाट जनताको आधारभूत कुरा पुरा हुन सक्दैन भन्ने पुष्टि गर्ने र त्यसपछि सशस्त्र संघर्षमा जान सकिन्नथ्यो ? तपाईहरु पनि हतारिनु भयो । अर्कोतर्फ क्रान्तिलाई सधैं घृणा गर्ने पूर्व एमाले समूहसँगमिलेर माओवादी केन्द्रका मानिसहरु भ्रमित भए ।

संसदवादमा दीपक मनाङेहरु हाई हाई हुने र लामाहरु जेल जाने अवस्था कम्तीमा पनि नेपाली कम्युनिष्ट आन्दोलनका लागि सुखद होइन । यो बिसर्जनको बाटो हो । विप्लव र सत्तासीन नेकपा दुबैले गम्भीर समीक्षा गर्नु जरुरी छ ।

छौडौं यो बहस, यसरी लेखे फेरी कोपभाजनको शिकार बनिन्छ । तर सत्य के हो भने कम्युनिष्टको मित्र शक्ति कम्युनिष्ट नै हो । कांग्रेस या राप्रपा होइन । हिजोका दिनमा तत्कालिन एमालेले माओवादीलाई जसरी आरोप लगाउँथ्यो आजको नेकपाले विप्लवलाई त्यसरी नै आरोप लगाइरहेको छ । तर आधारभूत तहमा परिवर्तन नहुँदा सम्म संघर्ष कसैले रोक्न सक्दैन भन्ने कुरा स्वयम् माक्र्सले नै भनेका छन् ।

याे पनि पढ्नुस  नेता शर्मा भन्छन्, ‘सिद्धान्तअनुसार नेता–कार्यकर्ताको चरित्र निर्माण नभए नेकपा पतन हुन्छ’

अनुरोध (त्यसो त कसले सुन्ने र यो कुरा ?) के हो भने विप्लवहरुले बस्तुगत परिस्थिति बुझ्नु पर्यो । क्रान्ति ख्याल ठट्टा र नक्कल होइन । र, सत्तारुढ नेकपा र खासगरी पूर्व नेकपा माओवादी केन्द्रका मन्त्री, कार्यकर्ताहरुले के बुझ्नुपर्यो भने विप्लवहरुको राजनीतिक माग गलत छैन । कार्यनीतिमा असहमति होला, संघर्षको स्वरुपमा असहमति होला तर यो संविधान पूर्ण हो र यो व्यवस्था नै साध्य हो भनेर जसरी पूर्व एमाले कित्ताबाट प्रचार भइरहेको छ, त्यसको खण्डन गर्ने जिम्मेवारी पूर्व नेकपा माओवादी केन्द्रको हो ।

बाँकी भन्नु केही छैन । तर संसदवादमा दीपक मनाङेहरु हाई हाई हुने र लामाहरु जेल जाने अवस्था कम्तीमा पनि नेपाली कम्युनिष्ट आन्दोलनका लागि सुखद होइन । यो बिसर्जनको बाटो हो । विप्लव र सत्तासीन नेकपा दुबैले गम्भीर समीक्षा गर्नु जरुरी छ ।

कमेन्ट गर्नुहोस्