झापामा ग्याङ फाइट, एक युवकको मृत्यु

दमक, साउन ८ । झापाको दमकमा ग्याङ फाइट हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार अपरान्ह दुई वटा समूहबीच भएको ग्याङ फाइटमा एक जनाको मृत्यु भएको छ ।

छुरा प्रहारबाट गम्भिर घाइते भएका दमक–२ का १८ वर्षीय विक्रम लिम्बुको उपचारका क्रममा स्थानीय लाइफ लाइन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

तीन जनाको समूहले उनलाई छुरा हानेको प्रहरीले जनाएको छ। आक्रमणकारी फरार छन्। पुरानो रिसइबीका कारण घटना भएको जनाइएको छ।

कमेन्ट गर्नुहोस्