असारे खर्चले बैंकिङ प्रणालीमा बढ्यो जोखिम

काठमाडौं, साउन २ । लामो समय नेपालको बजेट खर्च प्रणालीलाई आर्थिक वर्षको अन्तमा बजेट भुक्तानी गर्ने परम्पराले गाँजेको छ। आर्थिक वर्षका अन्य ११ महिनालाई एक ठाउँमा राख्ने हो भने करिब असार महिनामा मात्रै अन्य महिनाको हाराहारीमा खर्च हुने गर्छ।

अन्य दिन ‘निदाएर’ बस्ने र आर्थिक वर्ष सकिन लागेपछि भने खर्च गर्न तातिने रोगकै रूपमा स्थापना भएको छ। यसलाई सुधार गर्ने भन्दै धेरै नीतिगत सुधार पनि भयो। तर त्यसको परिणाम शून्य देखियो। ढिलो बजेट विनियोजन भएकै कारण समयमै बजेट खर्च हुन नसकेको तर्क केही समय अगाडि गरिन्थ्यो। तर, त्यसलाई पनि समाधान गर्न सरकारले अघिल्लो आर्थिक वर्षको जेठ १५ मै बजेट विनियोजन गर्ने संवैधानिक व्यवस्था गर्‍यो।

याे पनि पढ्नुस  सभागृहको काम अघि बढ्दै

यस्तै, सरकारले विभिन्न आयोजनामा खर्च गर्ने तालिकानै बनायो। यस्ता कुनै पनि नीतिगत सुधारले खर्च प्रणालीमा भने सुधार भएन। बरु खर्च हुन नसकेका तथा कार्यन्वयनमा जान नसकेका कतिपय आयोजनाको बजेट रकमान्तर गरेरै भएपनि पैसा चलाउने परिपाटी बन्यो। सरकार पनि आफ्नो खर्च गर्ने क्षमता देखाउनै भए पनि प्रकृया नहेरी बजेट निकासा गर्ने गरेको छ। बैंकरहरूले यसले बैंकिङ प्रणालीमा पनि असर पर्ने बताएका छन्।

नेपाल राष्ट्र बैंकको पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा यस्तो पारिपाटीले नेपालको बैंकिङ प्रणालीमा जोखिम तथा अस्थिरता पैदा गर्ने बताउँछन्। ‘तत्कालै यसको कुनै असर नदेखिएको जस्तो भए पनि यसले बैंकिङ प्रणालीमा असर पारिरहेको हुन्छ,’ थापाले भने, ‘यसले सबैभन्दा धेरै बैंकको तरलतामा असर पर्छ, पैसा बढी भए पनि बैंकहरुले जोखिमयुक्त क्षेत्रमा लगानी बढाउन सक्छन्।’

याे पनि पढ्नुस  यसवर्ष वृद्धभत्ता र तलब नबढ्ने

थापाले बैंकमा एकै पटक पैसा थपिँदा ब्याजदर घटाएर पनि कर्जा प्रवाह गर्ने हुनाले ब्याजदरमा समेत अस्थिरता ल्याउन सक्ने बताए। ‘अहिले बैंकमा पैसा थोपरिंदा त्यसको असर असोज कात्तिकमा देखिन्छ,’ उनले थपे, ‘त्यो बेला बैंकमा तरलता अभावको समस्या बैंकहरूले झेल्नुपर्छ।’ थापाकै कुरामा सहमति जनाउँदै जनता बैंकका सिइओ परशुराम क्षेत्रीले पनि यस्तो परिपाटीले बैंकमा अस्थिरता सृजना हुने दाबी गरे।

‘गत वर्ष मात्रै पनि चौथो त्रैमासिकमा मात्रै ४५ प्रतिशत बचत भयो त्यसमा पनि अन्तिम महिनामा ३० प्रतिशतले बचत बढ्यो,’ क्षेत्रीले भने, ‘यसले गर्दा बैंक तथा व्यावसायीको योजना देखि ब्याजदरमा पनि असर पार्छ।’ बैंकमा पैसा थुप्रीएपछि ब्याज तिर्नकै लागि भएपनि लगानी गर्नुपर्ने हुनाले जोखिम मुल्यांकन नगरि अनावस्यक रुपमा कर्जा प्रभाह गर्ने खतरा पनि बढ्ने क्षेत्रीले दाबी गरे।

याे पनि पढ्नुस  कोरोना नियन्त्रणः कुन शिर्षकमा कति खर्च ? (सूचीसहित)

तर सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडका सिइओ देबेन्द्रप्रताप शाह भने आर्थिक वर्षको अन्तमा यसरी बजारमा पैसा थुप्रिंदा यसले बैंकिङ प्रणालीमा खासै असर नपर्ने बताउँछन्। ‘यसले बैंकमा बचत बढाउछ,’ शाहले भने, ‘यस्तो बचतको कुनै लागत नपर्ने हुनाले बैंकिङ प्रणालीमै भने कुनै असार देखिदैन।’ सेतोपाटीबाट साभार

कमेन्ट गर्नुहोस्