Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मञ्जु पौडेलको आधि उमेर ढल्किंदा अनुशा पौडेल घुमेर नाचिन

काठमाडौ‌, साउन ९ । बजारमा तीजको माहौल छ । दिनहुँ दर्जनौँ तीजका गीत सार्वजनिक भएका छन् । यस्तै सन्दर्भमा गायिका तथा प्रस्तोता मञ्जु पौडेलको मौलिक तीज गीत सार्वजनिक भएको छ ।

हरेक तीजमा मौलिक तीजको भाका लिएर आउने पौडेलले यसपालिको तीजमा काम भन्दाभन्दै आधि उमेर ढल्केको पीडालाई गीतमार्फत पोखेकी छन् । ‘काम भन्दै गयो मेरो आधी उमेर घन्काइदेऊ मादलु नाच्छु घुमेर’ काम र पैसाको लागि सधैं व्यस्त रहने आम नेपालीको जीवनशैलीप्रति लक्षित गर्दै ल्याइएको यो गीतको भिडियोमा स्वयं मञ्जु पौडेल र चर्चित कार्यक्रम उकाली ओरालीकी प्रस्तोता अनुषा पौडेल फिचर्ड छन् ।

दिग्गज धौरालीले शब्द र अर्जुन पोखरेलले सङ्गीत गरेको यो गीतलाई बिएमएस फिल्म्सले बजारमा ल्याएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: