बजारमा सुनको मुल्य अवस्था कस्तो छ ?

काठमाडौं, साउन ९ । साताको पाँचौं दिन बिहीबार बजारमा सुनचाँदीको भाऊ अझै स्थिर नै रहेको छ ।

बुधबार प्रतितोला सुनको मूल्य ६५ हजार रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६५ हजार रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, बुधबार तेजावी सुनको मूल्य ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६४ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

त्यसैगरी, बुधबार चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको थियो भने आजपनि चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

कमेन्ट गर्नुहोस्