तीन दिनसम्म तराई भूभागमा भारी वर्षा हुने सम्भावना

काठमाडौं, साउन ९ । बिहीबार तराईका भू–भागमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार विशेषगरी पूर्वी र पश्चिम तराई क्षेत्रमा भारी वर्षा हुनसक्ने महाशाखाका मौसमविद् मीनकुमार आर्यालले जानकारी दिए । ‘मनसुनको न्यून चापिय रेखा नेपालको पहाडी क्षेत्रबाट तराई भू–भाग हुँदै दक्षिणतिर गर्दै गएको छ,’ अर्याले भने, ‘आजदेखि पहाडी क्षेत्रमा पानी पर्ने क्रम घट्दै गएपनि तराई भू–भागमा भने भारी वर्षा हुनसक्छ ।’

पानी पार्ने प्रणाली पहाडी क्षेत्रमा निस्क्रिय हुन थालेकाले पहाडी क्षेत्रमा भने बुधबार–मंगलबारको जस्तो बिहीबार भारी वर्षाको सम्भावना छैन । तर, प्रणाली सक्रिय नभए पनि पहाडी भू–भागमा पनि सानोतिनो पानी भने पर्न सक्ने उनले बताए । अहिले देशका सबैजसो भू–भागमा सामान्य बदली छ । यतिबेला पूर्वी र मध्यपश्चिम तराईमा भने पानी परिरहेको छ । तराईमा भारी वर्षाको सम्भावना हरेकाले बाढी र डुबानको जोखिम भने आजपनि कायमै रहने अर्यालले बताए ।

याे पनि पढ्नुस  वर्षाले तोड्यो भारतमा ७५ वर्ष पुरानो रेकर्ड

महाशाखाको आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ–

साउन ९ गते बिहीबार

दिउँसोः देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुने छ। देशको पश्चिम तराईका तथा पूर्वका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिः देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा हुने छ । देशको पश्चिम तराईका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

याे पनि पढ्नुस  तीन दिन मनसुन सक्रिय, मध्यम वर्षाको सम्भावना

साउन १० गते शुक्रबार

दिउँसोः देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। देशको पश्चिम भेगका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीःदेशभर सामान्य बदली रहि केही स्थानहरुमा वर्षा हुनेछ। देशको पश्चिम तराईका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ।

याे पनि पढ्नुस  वर्षाले तोड्यो भारतमा ७५ वर्ष पुरानो रेकर्ड

साउन ११ गते शनिबार

दिउँसोः देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ।

रातीः देशभर सामान्य बदली रहि देशका केही स्थानहरुमा वर्षा हुने छ ।

कमेन्ट गर्नुहोस्