महिलाको पेटबाट डेढ किलो सुन र ९० सिक्का निस्केपछि…

नयाँ दिल्ली । पश्चिम बंगालको बीरभूम जिल्लाको सरकारी अस्पतालमा बुधबार एकजना महिलाको पेटबाट डेढ किलो भन्दा बढी सुनका गहना र सिक्का निकालिएका छन् । डाक्टरका अनुसार, सबैभन्दा बढी तामा र पीतलले बनेका गहना थिए तर केही सुनका पनि थिए । अल्ट्रासाउण्डपछि महिलालाई तत्कालै भर्ना गरेर उनको अप्रेसन गरिएको थियो ।

रामपुरको सरकारी मेडिकल कलेज र अस्पतालमा सर्जरी विभागका प्रमुख सिद्धार्थ विश्वासका अनुसार २६ वर्षीया महिलाको पेटबाट सुनको चेन, औंठी, झुम्का, चुरा, पायल र घडी पाइएको थियो । यसैगरी रु. ५ र १० का ९० वटा सिक्का निकालिए ।

महिलाको आमाका अनुसार, कैयौं दिनदेखि उनको घरबाट गहनाहरु हराइरहेका थिए । छोरीलाई सोध्दा ऊ न थाल्थी । त्यसपछि उनीहरुले महिलामाथि निगरानी राख्न सुरु गरे । ती महिलाले लुुकेर गहना निल्ने गरेका पत्ता लाग्यो ।

महिलाकी आमाका अनुसार, उनकी छोरी मानसिकरुपमा बिरामी छिन् । विगत दुई महिनादेखि उसको स्वास्थ्य झनै बिग्रेको थियो । केही खाने बित्तिकै वान्ता गर्न थालेपछि उनलाई डाक्टरकहाँ लैजाँदा धेरै किसिमका टेष्टपछि गहनाका कारण समस्या भएको पत्ता लागेको थियो ।

कमेन्ट गर्नुहोस्