क्रिकेट छोडेर यस्तो रूपमा देखा परे धोनी

काठमाडौँ, साउन ९ । भारतीय क्रिकेटर महेन्द्र सिंह धोनी सेनामा ड्युटी गर्ने भएका । भारतका सेना प्रमुख विपिन रावतले धोनीले दिएको सैन्य तालिम गर्न पाउनु पर्ने भनेर दिएको निवेदन स्वीकार गरेका हुन् ।

धोनी भारतीय सेनामा लेफ्टिनेन्ट कर्णेल रहेका छन् । उनी यसपटक वेस्टइन्डिजविरुद्धको भारतको टीममा अटाएनन् । आइतबार भारतीय टीमको घोषणा भएको थियो । भारतीय सैन्य सूत्रका अनुसार धोनी दुई महिनाका लागि प्यारासुट रेजिमेन्टमा तालिम लिनेछन् ।

याे पनि पढ्नुस  यसरी लियो भारतले दक्षिण अफ्रिकासँग बदला, सिरिजमा लियो अझ अग्रता

 

धोनीलाई भारतीय टेरोटोरियल आर्मीले २०११ मा लेफ्टिनेन्ट कर्णेलको मानार्थ पद दिएको थियो । सेना प्रमुखले अनुमति प्रदान गरेपछि धोनी जम्मु-कस्मीरमा प्यारासुट रेजिमेन्टको तालिममा भाग लिनेछन् । तर सेनाका अनुसार उनलाई कुनै पनि सक्रिय सैन्य कारवाहीमा सामेल गराइने छैन ।

धोनीको सन्यासको फैसला उनको आफ्नै  

भारतीय टीम हाल वेस्टइन्डिज भ्रमणमा रहेको छ । उक्त भ्रमणका क्रममा दुवै टीमले तीन टी-ट्वेन्टी, तीन वन डे र दुई टेस्ट खेल्ने छन् । बिसिसिआईका प्रमुख चयनकर्ता एमएसके प्रसादले धोनीलाई यस पटक टीममा किन सामेल गरिएन भन्ने प्रश्नको उत्तरमा भने, “धोनी उक्त शृंखला खेल्न उपलब्ध थिएनन ।” उनले धोनी आफैंले यस पटक टीममा पर्न नचाहेको बताए । उनले धोनीको सन्यासबारे निर्णय लिने अधिकार धोनीमा नै निहित रहेको बताए ।

याे पनि पढ्नुस  मलेसियाविरुद्ध नेपाललाई पहिलो ओभरमै सफलता (LIVE)

भारतका लागि महत्वपूर्ण
धोनीको नेतृत्वमा भारतले २०११ मा विश्वकप उपाधि हात पारिसकेको छ भने यस पटकको विश्वकपमा पनि उनले सेमिफाइनलमा अर्धशतक लगाएका थिए । सेमिफाइनलमा न्युजिल्याण्डविरुद्ध भारत पराजित भएपछि उनको सन्यासबारे चर्चा चलिराखेको छ ।

धोनीले भारतको तर्फबाट ३५० एकदिवसीय, ९० टेस्ट र ९० टी-ट्वेन्टी खेल खेलेका छन् । उनले एकदिवसीय खेलहरूमा १०,७७३ रन बनाएका छन् । उनको औसत ५० भन्दा माथि छ । टेस्ट क्रिकेटमा भने उनले ३८.०९ को औसतमा ४,८७६ रन बनाएका छन् ।

कमेन्ट गर्नुहोस्