टेस्ट क्रिकेटः रोयको पहिलो शानदार अर्धशतक

काठमाडौं, साउन ८ । इंग्ल्याण्ड क्रिकेट टिमका ओपनर जसन रोयले आयरल्याण्ड विरुद्धको एक मात्र टेस्ट खेलमा अर्धशतक पूरा गरेका छन् । टेस्ट क्रिकेटमा उनको यो पहिलो अर्धशतक हो ।

आयरल्याण्डविरुद्ध बुधबार ५ रनमा आउट भएका राेयले आज भने शानदार अर्धशतक बनाएका हुन् । उनले १ छक्का र ७ चौकाको मद्दमा ४७ बलमा अर्धशतक पूरा गरे ।

याे पनि पढ्नुस  टेस्ट क्रिकेटः राशिदको शानदार प्रदर्शनमा अफगानिस्तानले बंगलादेशलाई हरायो

पहिलो इनिङमा ८५ रनमै अलआउट भयो इंग्ल्याण्डले आज भने उत्कृष्ट प्रदर्शन गरिरहेको छ । उसले ३० ओभरमा एक विकेटको क्षतिमा १२२ रन बनाएको छ । आयरल्याण्डले पहिलो सेसनमा २०७ रन बनाएको थियो ।

कमेन्ट गर्नुहोस्