इंग्ल्याण्डलाई तेस्रो झड्का, ज्याक लिच ९२ रनमा आउट

काठमाडौं, साउन ९ । आयरल्याण्डसँगको एक मात्र टेस्ट क्रिकेटमा इंग्ल्याण्डका ओपनर ज्याक लिच शतक बनाउन चुकेका छन् । लड्स क्रिकेट मैदानमा भइरहेको खेलमा उनी ९२ रनमा आउट भएका हुन् ।

१६ चौकाको मद्दतमा १६२ बलमा ९२ रन बनाएका लिचलाई टिम मुर्टगले क्याचआउट गराएका हुन् । यसअघि इंग्ल्याण्डले दोस्रो विकेटको रुपमा जसन रोयलाई ७२ रनमा आउट गुमाउन पुग्यो । १ छक्का र १० चौकाको मद्दतमा ७८ बलमा ७२ रन बनाएका उनलाई स्टुअर्ट थोम्पसनले ‘क्लिनबोल्ड’ गरे । रोय बुधबार ५ रनमा आउट भएका थिए । टेस्ट क्रिकेटमा उनको यो डेब्यू खेल हो ।

टेस्ट क्रिकेटः शतक बनाउन चुके रोय

रोय र ज्याक लिचबीच १४५ रनको साझेदारी भएको थियो । यो समाचार तयार पार्दासम्म इंग्ल्याण्डले ४७ ओभरमा ३ विकेट गुमाएर १८५ रन बनाएको छ । पहिलो इनिङमा इंग्ल्याण्ड ८५ रनमै समेटियो । यो समाचार तयार पार्दासम्म इंग्ल्याण्ड ६३ रनले लिड गरिरहेको छ । आयरल्याण्डले पहिलो सेसनमा २०७ रन बनाएको थियो ।

यो पनि
टेस्ट क्रिकेटः रोयको पहिलो शानदार अर्धशतक

कमेन्ट गर्नुहोस्